spot_img

Sunday, July 26, 2026

गिरुबारी खोलामा वर्षाका कारण डाइभर्सनमा समस्या , यात्रुहरुलाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध

जेठ १६ ,नवलपुर। पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको चोरमारामा रहेको गिरुबारी खोलाको पुल गत वैशाख २९ गते भाँचिएपछि वैकल्पिक रूपमा निर्माण गरिएको डाइभर्सनसमेत अवरुद्ध भएपछि सो क्षेत्रको अवस्था अहिले तनावपूर्ण बनेको छ।
हिजो राति परेको अविरल वर्षाका कारण डाइभर्सनमा समस्या उत्पन्न हुँदा गाडीहरु बाटोमै अलपत्र परेका छन्। केही सवारीसाधन डाइभर्सनको बीचमै बिग्रिएको जनाइएको छ। यसै कारण चोरमारा बजार क्षेत्र आसपासमा सवारीको लामो जाम लागिरहेको छ।
स्थानीय तमसरिया प्रहरी चौकीले यात्रु तथा चालकहरुलाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ। प्रहरीका अनुसार चोरमारा बजार क्षेत्रबाट रानीटार हुँदै भिउराहन तथा अरुण खोला हुँदै पश्चिम जान सकिने तथा सोही मार्ग हुँदै पूर्वतर्फ आउन पनि सकिने व्यवस्था गरिएको छ।
प्रभावित क्षेत्रका स्थानीयवासी तथा यात्रुहरूले शीघ्र स्थायी समाधान खोजी गरिनुपर्ने माग राखेका छन्। हाललाई अस्थायी वैकल्पिक मार्ग प्रयोग गरी सवारी व्यवस्थापन गरिँदैछ भने सम्बन्धित निकायबाट डाइभर्सन सुधार तथा नयाँ पुल निर्माणको प्रक्रियाबारे थप जानकारी आउन बाँकी छ।
सो भाँचिएको पुल टेको लगाएर काम चलाउने भनिए पनि अहिले तत्कालै अर्को समस्या देखिसकिएको छ ।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :