spot_img

Saturday, May 10, 2025

नेपाल औषधि व्यवसायी संघ नवलपुरको बार्षिक साधारण सभा सम्पन्न/ पेशा संवेदनशील भएको हुनाले बढी जिम्मेवारी हुनु जरुरी- प्रजिअ. भविश्वर पाण्डे

नवलपुर । नेपाल औषधि व्यवसायी संघ नवलपुरको तेस्रो बार्षिक साधारण सभा सम्पन्न भएको छ । शुक्रबार सहारा पार्टी प्यालेस दलदलेमा भएको साधारण सभाका प्रमुख अतिथि नवलपरासी  ९बर्दघाट सुस्ता पूर्व०का प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डे रहनुभएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेले संस्थाले गरेका विभिन्न कामहरूको प्रशंसा गर्दै  राम्रा काम गरिरहेको छ र अझ राम्रो काम गर्दै जनतालाई सेवा दिन सकोस् भन्दै संस्थाको साधारण सभाको सफलताको शुभकामना  व्यक्त गर्नुभयो । प्रमुख पाण्डेले आफु संगठित हुने संगठनलाई मजबुत गर्ने, सँगसँगै हामीले समग्र नागरिकको हितलाई पनि ध्यान दिएर अगाडि बढ्ने, नागरिकको हितलाई प्रवर्धन गर्ने काम गर्नुपर्छ यो सेवा निकै संवेदनशील छ । यो प्रत्येक व्यक्तिको जीवनसँग प्रत्यक्ष गाँसिएको विषय हो ,पेशा संवेदनशील भएको हुनाले हामी अझ बढी जिम्मेवारी हुनु जरुरी रहेको बताउनुभयो ।

हामी सबै कानुनमा बाँधेर काम गर्ने हो, कानुनभन्दा बाहिर कोही जान सकिँदैन आफ्नो व्यवसायसँग सम्बन्धित कानुनलाई यहाँहरूल पालना गर्नुहुनेछ , यदि पालना गर्दागर्दै पनि कोही कसैले अप्ठ्यारो पार्छ भने त्यस अबस्थामा हामी औषधि ब्याबसायिको साथमा रहेको उहाँले बताउनुभयो । यहाँहरुले काम गर्ने क्रममा, व्यवसाय सञ्चालन गर्ने क्रममा आफ्नो व्यवसायको अनुगमन गर्ने क्रममा कहीँ कतै कसैले कानुन विपरीत अवरोध सिर्जना गर्ने ,यहाँहरूलाई दुःख दिने, अनुगमन गर्ने नाममा गैरकानुनी क्रियाकलाप गर्यो भने हामीले कानुनी दायरामा ल्याउँछौं र समग्र सुरक्षाको वातावरण हामी मिलाउँछौँ भन्दै व्यवसायीहरूले राखेको समस्याको बारेमा प्रमुख जिल्ला अधिकारी पाण्डेले पालैपालो सबैको प्रश्नको उत्तर दिनुभएको थियो ।

जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका निमित्त प्रमुख छविलाल सुवेदीले अनुगमनका क्रममा व्यवसायीहरूलाई सल्लाह सुझाव दिइरहेका छौं र स्वास्थ्य व्यवसायीको हकहितकै लागि स्वास्थ्य कार्यालय सधैं सकारात्मक  रहेको बताउनुभयो । नेपाल सरकारले लागु गरेको बीमा जुन मोडलमा छ  त्यो मोडल ठिक छैन जसले गर्दा राज्यले पनि भार धान्न सकिरहेको छैन हाम्रो अनुभवले यो बताउँछ निमित्त प्रमुख सुवेदीले भन्नुभयो ।

साधारण सभामा अध्यक्ष विष्णु कंडेलले सस्थाको प्रतिवेदन प्रस्तुत गर्दै एक वर्षमा गरेका काम, आगामी योजना र सामाजिक कार्यहरुको प्रस्तुत गर्नु भएको थियो । अध्यक्ष कंडेलले भन्नुभयो यहाँहरूले दैनिक रूपमा निस्फिक्रीका साथ आफ्नो स्वास्थ्य सेवा प्रदान गर्नका निमित्त औषधि व्यवसायलाई व्यवस्थित गर्नका निमित्त, औषधि ऐन अन्तर्गत रहेर यहाँहरुले दैनिक रुपमा काम गर्नुभएको छ भन्ने मैले विश्वास लिएको छु ।

स्वास्थ्य सेवालाई  निरन्तर रुपमा  अगाडि बढाउनुहोला, हामी व्यवसायी दोस्रो पाटोमा छौँ पहिलो पाटोमा हामी सेवाकर्मी हौ स्वास्थ्यकर्मी हौँ यो बुझ्न जरुरी रहेको कंडेलले बताउनुभयो । उहाँले अगाडि भन्नुभयो हामीले दिएको स्वास्थ्यले मानव जीवनलाई प्रत्यक्ष रुपमा असर पार्छ त्यो भएर हामीले हरेक दिन हरेक ट्याब्लेट निकाल्दै गर्दा मैले दिएको औषधिले मभन्दा अगाडि उभिएको मानिसलाई के भइरहेको छ मैले के प्रभाव पारिरहेको छु सोचेर दिउँ ,जानेर दिउँ र बुझेर दिउँ ।

कार्यक्रममा नेपाल औषधी व्यवसायी सङ्घका केन्द्रीय सदस्य बद्री खनाल ,गण्डकी प्रदेश अध्यक्ष केशरी तिवारी, गण्डकी प्रदेश उपाध्यक्ष दयानिधि पौडेल, गण्डकी प्रदेश महासचिव सञ्जीव देवकोटा, सदस्य जीवनराज सापकोटा ,संस्थाका सल्लाहकार संयोजक चेतप्रसाद पौडेल, खुद्रातर्फका कार्यसमिति उपाध्यक्ष ओमबहादुर महत्तो लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले अहिलेको अवस्थामा बीमाले राम्रो काम गर्न सकिरहेको छैन । आफुलाई कुन रोग लागेर स्वास्थ्यमा समस्या छ तेस्को मात्र पहिचान गर्ने पद्धतिको बिकास हुदैन तब सम्म बिमाले राम्रो काम गर्न सक्दैन र सबै नागरिकले बिमा जब सम्म गदैनन् तेसैले सफल नहुने बताउनुभएको छ ।

कार्यक्रममा नवलपुर जिल्ला प्रहरी प्रमुख यादव ढकाल,संघका जिल्ला कार्यसमिति सदस्यहरु, प्रदेश समितिका सदस्यहरु लगायत बुद्धिजीवी समाजसेवी, व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।
संस्थाका महासचीव ईश्वरी प्रसाद घिमिरेले सागठनिक प्रतिवेदन र कोषाध्यक्ष पशुपति भूषाल ९राजु०ले प्रस्तुत गर्नु भएको आर्थिक प्रतिवेदन पारित गरेको छ ।

कार्यक्रममा सामाजिक उत्तरदायित्व अन्र्तगत हिृलचियर बितरण गर्नुका साथै स्वास्थ्य श्रष्ठा सम्मानबाट तिन जना ब्याक्तित्वलाई सम्मान गरिएको छ । सम्मानीत हुनेमा हरिकुमार शाही, विष्णुदेवी कोइराला र नारागणदत्त सापकोटा रहनुभएको थियो ।

संस्थाका वरिष्ठ उपाध्यक्षमा लक्ष्मण शर्मा ९पौडेल०ले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सहजीकरण महासचिव ईश्वरी प्रसाद घिमिरेले गर्नुभएको थियो ।

जिल्लामा करिब ३०० कोे संख्यामा औषधी व्यवसायीहरु भएपनि नेपाल औषधी व्यवसायी संघ नवलपुरमा भने १५३ जना व्यवसायीहरु आवद्ध रहेका छन् ।

कमेन्ट :
-advertisement-

ताजा प्रकासित

सम्बंधित समचार