फागुन २३ गैंडाकोट। गामबेसी साँस्कृतिक कला केन्द्रले अन्तर टोल महिला समूह डोरी तान्ने प्रतियोगिता गर्ने भएको छ
” बचाऔँ हाम्रो प्रकृति,जोगाऔं सस्कार, कला र संस्कृति भन्ने मूल नाराका साथ स्थापना भएको गामबेसी साँस्कृतिक कला केन्द्र नवलपुरले फागु पूर्णिमा पर्व तथा अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमाअन्तर टोल महिला समूह डोरी तान्ने प्रतियोगिताको आयोजना गर्न लागेको हो ।
शनिबार कला केन्द्रको कार्यालय, एस.पि.एम. कलेज प्राङ्गण, गैंडाकोट-२ मा हुने कार्यक्रममा गैडाकोट नगरपालिका वार्ड नं १, २ ,४ र ५ भित्रका टोलमा रहेका महिलाहरुले सहभागी हुन पाउने संस्थाको कार्यवाहक अध्यक्ष ईश्वरी खत्रीले जानकारी दिनु भयो। उहाँले प्रतियोगितामा चारवटा वडाका २० टोलले नाम दर्ता गराएको जानकारी दिँदै प्रतियोगिताको टाई सिट पनि प्रकाशित गरिएको जानकारी दिनुभयो।
नेपाल बहुजातीय, बहुभाषी, बहुसाँस्कृक्तिक, धर्म, संस्कृति विविधतामा एकता भएको देश हो । नेपाली कला, संस्कार, संस्कृक्ति र भाषाले सबै नेपालीलाई एकताको शुत्रमा बाँधेको छ। आज देश देखि परदेशको भूमि सम्म रहेका नेपालीहरुको पहिचान र एक आपसमा निकटता ल्याउने प्रमुख माध्यम नेपाली संस्कार, संस्कृक्ति र भाषा नै हो । कही मादल र सारङ्गी बजेको छ, नेपाली गीत संगीत गुञ्जिएको छ भने त्यहाँ आफ्नोपन भेटाउँछौं, त्यहाँ हामी नेपाली हुनुमा गर्व गर्छौं
कार्यभाग अध्यक्ष खत्रीले भन्नुभयो । उहाँले सांस्कृतिक मनोरञ्जन मात्रै होइन, तनाव र थकाइ बिर्साउने, भोक र प्यास मेटाइदिने गीत, संगीत, नेपाली बाजाका सुमधुर धून र साँस्कृतिक मौलिकपन, आज हराउँदै जाने र लोप हुने अवस्थामा रहेको बताउनुभयो।।
नेपालीको शान-राष्ट्रको पहिचान एकता, निकटता र मित्रताले बाँधको हाम्रो मौलिक कला, संस्कार, संस्कृति र रितिरिवाजलाई संरक्षण,सम्बर्द्धन गर्ने, सचेतनामूलक सामाजिक क्रियाकलापहरु गर्ने, विभिन्न कला सम्बन्धी तालिमहरु संचालन गर्ने , रोजगारीको श्रृजना गरि आत्मनिर्भर र स्वाभिमानी भई टोल, नगर, जिल्ला र राष्ट्रको विकास र सम्वृद्धिमा सघाउ पुऱ्याउँने उद्देश्यले जिल्ला कै गौरव र सम्पत्ति नवलपुर जिल्लामा नै पहिलो कला केन्द्र एक विशुद्ध सामाजिक संस्था गामबेसी र्सास्कृतिक कला केन्द्र स्थापना भएको संस्थाका सल्लाहकार मिनबहादुर अधिकारीले फास्ट खबर अनलाइनलाई जानकारी दिनुभयो।
कार्यक्रममा विजेता टोलीहरु लाई प्रथम पुरस्कार स्वरूप रू. ११,०००।-,द्वितीय पुरस्कार स्वरूप रू. ८,०००।- र तृतीय पुरस्कार स्वरूप रू. ५,०००।- प्रदान गरिने संस्थाका सल्लाहकार अधिकारीले जानकारी दिनुभयो।