spot_img

Tuesday, July 21, 2026

विकू साकोसको निशुल्क स्वास्थ्य जाचँ शिवीरमा ७० जनाले सेवा लिए

माघ १२ ,गैँडाकोट । एकदिने निःशुल्क पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सर सम्बन्धी स्वास्थ्य परिक्षण शिविर भएको छ । गैडाकोट वडा नम्बर ३ ढोडेनीमा शनिबार भएको  शिवीरमा ७० जनाले महिला दिदि बहिनिहरुले  स्वास्थ्य जाँच गराउनुभएको छ ।  विकू वचत तथा ऋण सहकारी संस्था लि. को आयोजना र गैंडाकोट नगरपालिका स्वास्थ शाखाको प्राविधिक सहयोगमा निशुल्क स्वास्थ्य जाचँ शिवीर भएको हो ।

विकू वचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष प्रेम प्रसाद सापकोटाले समाजमा सचेतनाका लागि पाठेघरको मुखको क्यान्सर (भिआइए) तथा स्तन क्यान्सर सम्बन्धी स्वास्थ्य परिक्षण गरिएको बताउनुभयो । उहाँले विकुले सामाजिक उत्तरदायित्व निर्वाह गर्दै सदस्यको स्वास्थ्यप्रति जिम्मेवार बनेर काम गरिरहेको पनि बताउनुभयो ।

कार्यक्रममा गैंडाकोट नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष शिवकान्त तिवारीले विकूले सामाजिक क्षेत्रको गरेको कामको प्रशंसा गर्दै आगामी दिनमा पनि यस्तै कार्यक्रमलाई निरन्तरता दिन आग्रह गर्नुभयो ।

विकूका सह–सचिव एवं खुसी एवं स्वस्थ उप–समिति संयोजक श्री लक्ष्मण पौडेलले स्वागत गर्नु भएको कार्यक्रममा लेखासुपरिवेक्षण समिति संयोजक कमल सुवेदी, मेलमिलाप सेवा केन्द्र व्यवस्थापन उप–समिति संयोजक शम्भु प्रसाद तिवारी, मेडिकल अधिकृत डा.आशिष तिवारीले मन्तव्य राख्नुभएको थियो ।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :