पुस २४ नवलपुर । बाक्लो हुस्सु र शितलहरका कारण पूर्व–पश्चिम राजमार्ग अन्तर्गतको नारायणघाट–बुटबल सडक खण्ड पूर्ण रुपमा अवरुद्ध भएको छ ।
नवलपरासीको बर्दघाट नगरपालिका ४ खुर्सानी खोलामा बाक्लो हुस्सु लागेको र शितलहर पनि चलेकाले बाटो चिप्लो हुँदा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक रेशम बोहोराले जानकारी दिनुभयो ।
राती साढे एक बजेदेखि बाटो दुईतर्फी नै अवरुद्ध हुँदा दुई सय ५० भन्दा बढी सवारी साधन जाममा परेको प्रहरी नायव उपरीक्षक बोहोराले बताउनु भयो । चिप्लो बाटोका कारण ठूला र मालवाहक सवारी साधान सञ्चालनमा निक्कै कठिनाई भएको प्रहरीले जनाएको छ ।
सवारी सधानको सहज आवागमनका लागि प्रयास भइरहेको भए पनि कठिनाइ भएको बोहोराले जानकरी दिनुभयो । पुस लागेदेखि नै तराईका जिल्लाहरुमा बिहान अवेरसम्म नै बाक्लो हुस्सु र शितलहर चल्ने गरेको छ । यसको असर बृद्धबृद्धा, बालबालिकादेखि यातायातमा पनि परेको छ ।