धादिङ भाद्र २९ । धादिङको कृष्णभीरमा पहिरोका कारण अवरुद्ध बनेको पृथ्वी राजमार्ग १२ दिनको अथक प्रयासपछि आइतबार देखि एकतर्फी रूपमा सञ्चालनमा आएको छ।त्रिशूली नदीको कटानका कारण सडकको ठूलो भाग भासिएपछि लामो समयदेखि अवरुद्ध रहेको कृष्णभीरमा नयाँ ट्र्याक निर्माण तथा आवश्यक सडक व्यवस्थापनपछि यातायात खुलाइएको हो। सडक सञ्चालनमा ल्याउने कार्यअन्तर्गत परीक्षणका रूपमा काठमाण्डौ देखि चितवनतर्फ एउटा बुलेटसहित करिब २० वटा सवारीसाधन पास गराइएको पूर्वाधार विकास मन्त्रालयले जनाएको छ।हाल कृष्णभीर सडकखण्डमा एकतर्फी रूपमा सवारीसाधन सञ्चालन गर्न थालिएको छ। सडक अवरुद्ध हुँदा काठमाडौंसँगै चितवन, पोखरा तथा पश्चिम नेपालतर्फ जाने यातायात प्रभावित हुँदै आएको थियो। सडक सञ्चालनमा आएसँगै यात्रु तथा सवारीसाधनलाई ठूलो राहत मिल्ने अपेक्षा गरिएको छ








