spot_img

Tuesday, January 21, 2025

आजदेखि फिल्म साउथ एसिया महोत्सवको चौथौ संस्करण सुरु

मङ्सिर ६, ललितपुर। ‘डकुमेन्ट्री इन एन्थ्रोपोसन’ थिममा आजदेखि फिल्म साउथ एसिया महोत्सवको चौथौ संस्करण सुरु हुँदैछ ।

ललितपुरको यलमाया केन्द्रमा हुने चार दिने महोत्सवमा विभिन्न देशका ४७ वटा लघु चलचित्र र वृत्तचित्र प्रर्दशन गरिनेछन् । महोत्सवमा नेपालसहित भारत, पाकिस्तान, बंगलादेश, श्रीलंकालगायतका नौ देशका चलचित्र प्रदर्शन हुँदैछन् ।

  • -advertisement-
  • -advertisement-
  • -advertisement-

महोत्सवका सहायक निर्देशक पवस मानन्धरले यस वर्ष वेस्ट फिल्म इन द क्लाइमेट क्राइसिस अवार्ड थप गरिएको उल्लेख गर्दै उत्कृष्ट चलचित्र, जुरी अवार्ड, उत्कृष्ट स्टुडेन्ट चलचित्र, उत्कृष्ट डेब्यु चलचित्र र उत्कृष्ट फिल्म इन द क्लाइमेट क्राइसिस अवार्डको लागि प्रतिस्पर्धा हुने जानकारी दिए ।

‘बिहान ९ बजेदेखि महोत्सव सुरु हुनेछ । निर्देशनसम्बन्धी कार्यशाला पनि हुँदैछ’, उनले भने, ‘वृत्तचित्र हेर्न र सिर्जना गर्न चाहनेका लागि यो महोत्सव सुनौलो अवसर हो ।’

कार्यशालामा भारतका निर्देशक कवीर खानको उपस्थीतिसमेत रहने बताइएको छ । महोत्सवमा पहिलो दिन तीनवटा हलमा विद्यार्थीहरुद्वारा सिर्जित सात लघु चलचित्र प्रदर्शन गर्ने तयारी रहेको छ ।

कमेन्ट :
-advertisement-

ताजा प्रकासित

सम्बंधित समचार