spot_img

Tuesday, December 3, 2024

नेपाल आइसिसी महिला यु–१९ टी–२० विश्वकपमा छनोट

कात्तिक २८, काठमाडौँ । नेपाल आइसिसी महिला यु–१९ टी–२० विश्वकपमा छनोट भएको छ ।

बुधबार भएको एसिया छनोटको अन्तिम खेलमा घरेलु टोली युएईलाई आठ विकेटले हराउँदै नेपालले अर्को वर्ष मलेसियामा आयोजना हुने विश्वकपमा स्थान बनाएको हो ।

  • -advertisement-
  • -advertisement-

नेपाल युएईलाई नेट रन रेटका आधारमा पछि पार्दै पहिलो पटक महिला यु–१९ टी–२० विश्वकपमा पुगेको हो । नेपालले ३.९३५३ रन रेट राख्यो । युएईले  ३.७४०३ रन रेट बनायो ।

फराकिलो अन्तरसहित जित्नै पर्ने दबाबपूर्ण खेलमा जितका लागि ८४ रनको मध्यम लक्ष्य पछ्याएको नेपालले १४.४ ओभरमा दुई विकेटको क्षतिमा लक्ष्य भेट्टाएको थियो ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा ८३ रन बनाएको थियो । युएईका लागि समैरा धरनीधर्काले सर्वाधिक ३१ रन बनाउनुभयो । यस्तै रिनिथा रञ्जिथाले १८ बलमा २० तथा इन्दुजा नन्दकुमारी र लाभन्या केन्याले १०/१० रन बनाउनुभयो ।

बलिङमा नेपालकी कृष्णा गुरुङले चार विकेट लिनुभयो । उहाँले भचार ओभरमा १७ रन खर्चिएर उक्त विकेट लिनुभएको हो । रिया शर्मा र सीमा केसीले दुई दुई र रचनाकुमारी चौधरीले एक विकेट लिनुभयो ।

कमेन्ट :
-advertisement-

ताजा प्रकासित

सम्बंधित समचार