single head

झोलुङ्गे पुलको निर्माणले सुस्ता क्षेत्रमा उत्पादन हुने कृषि उपजले उपयुक्त बजार पाउने – राष्ट्रपति रामचन्द्र पौडेल

single post top 1

असोज १० नवलपरासी । राष्ट्रपति रामचन्द्र पौडेलले वर्षाैंदेखि सुस्ता क्षेत्रका नागरिकले आफ्नो दैनिक जीवन सञ्चालनका लागि डुङ्गाको भर परी जोखिमपूर्ण यात्रा गर्नुपर्ने अवस्थाबाट अब समाधान भएको बताउनुभएको छ ।

single p1

उहाँले शहरी विकास मन्त्रालय, स्थानीय पूर्वाधार विभाग, सस्पेन्सन बृज डिभिजनद्वारा निर्मित त्रिवेणी महेशपुर (सुस्ता) मल्टिस्पान झोलुङ्गे पुलको उद्घाटन समारोहमा बिहीबार बोल्नुहुँदै यो पुल निर्माणले उक्त समस्याको समाधान गरेकोमा खुसी व्यक्त गर्नुभयो । डबल स्प्यानको सो झोलुङ्गे पुल १५७१ मिटर लामो छ ।

single p2

राष्ट्रपति पौडेलले यस झोलुङ्गे पुलको निर्माणले सुस्ता क्षेत्रमा उत्पादन हुने कृषि उपजले उपयुक्त बजार पाउने र यहाँका बासिन्दालाई आवश्यक पर्ने वस्तु तथा सेवाहरूको सहज पहुँच हुने अवस्था सिर्जना गरेको उल्लेख गर्नुहुँदै सुस्ता क्षेत्रमा उपलब्ध नभएका शैक्षिक तथा स्वास्थ्य सेवाको सरल र सहज पहुँचमा योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँंले पुलको अभावमा सरकारी सेवा लिन २–३ दिनको समय लगाएर जोखिमपूर्ण यात्रा गरी गाउँपालिकाको केन्द्र तथा सदरमुकाम पुग्नुपर्ने अवस्थाको अन्त्य भई अत्यावश्यक सेवा छोटो समयमै लिन सकिने अवस्था सिर्जना भएको पनि बताउनुभयो ।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3