spot_img

Tuesday, January 21, 2025

नारायणगढ लायन्सचोकमा रहेको लायन्स भवनमा भरतपुर महानगरपालिकाले डोजर चलायो

असोज ९ चितवन। सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरेको नारायणगढको लायन्स क्लबको पाँच तले भवन भत्काइएको छ । सार्वजनिक जग्गा अतिक्रमण गरी मापदण्डविपरीत ४० वर्ष अगाडि बनाइएको नारायणगढ लायन्सचोकमा रहेको लायन्स भवनमा भरतपुर महानगरपालिकाले डोजर लगाएको हो  ।

चितवन नारायणगढको लायन्सचोकमा रहेको भवन पुङगी खोलाको ८० प्रतिशत भाग र सडकको २० प्रतिशत भागको जग्गा ओगटेर निर्माण गरिएको थियो ।

  • -advertisement-
  • -advertisement-
  • -advertisement-

वुधबार विहान भरतपुर महानगरपालिकाको डोजरले भवन भत्काएको महानगरपालिकाका इन्जिनियर सूर्य लामाले जानकारी दिनुभयो ।  अतिक्रमित संरचना हटाउन पटक पटकको सूचनामा नहटाएपछि महानगरले बल प्रयोग गरी भवन भत्काएको हो । भवन भत्काउने क्रममा भरतपुर महानगर प्रमुख रेनु दाहाल र उपप्रमुख चित्रसेन अधिकारी पनि उपस्थित हुनुभएको थियो ।

तीन धुरमा निर्माण गरिएको भवनले पूर्व–पश्चिम राजमार्गको २० प्रतिशत जग्गा मिचेको छ । मापदण्डविपरित र अनधिकृत संरचना हटाउने कामलाई महानगरले निरन्तरता दिने नगर प्रमुख रेनु दाहालले बताउनुभयो ।

वर्षाैदेखि सरकारी जग्गा हडपेर ठूला भवन बनाउने अनि भाडामा लगाएर खाने प्रचलनलाई तोड्न लागेको उहाँले बताउनुभयो । महानगरले पुङगी खोला सौन्दर्यकरणको काम गरिरहेको छ । यो खोलाको जग्गा मिचेर निर्माण गरिएको अन्य भवन समेत भत्काउने पनि भरतपुर  महानगर रहेको छ ।

कमेन्ट :
-advertisement-

ताजा प्रकासित

सम्बंधित समचार