spot_img

Friday, July 10, 2026

सफल महिला विकास मञ्चमा चित्रा सुनारी मगरको नेतृत्व

भाद्र ११,गैडाकोट ।  सफल महिला विकास मञ्च को  साधारणसभाले चित्रा सुनारी मगरको अध्यक्षतामा १३ जनाको कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ।

उपाध्यक्षमा देवी शाही, सचिवमा पूजाचन्द शाही, कोषाध्यक्षमा राममाया कँडेल, सहसचिवमा लक्ष्मी रावत र सदस्यहरूमा आशा विक, दिलकुमारी बिक, गीता सापकोटा ,निरु परियार, कोपिला सुवेदी, सिर्जना सापकोटा, मिना सापकोटा र भगवती सुवेदी चयन हुनुभएको निर्वाचन समिति संयोजक ईश्वर चापगाईंले जानकारी दिनुभयो ।

२०७० सालमा स्थापना भएको सफल महिला विकास मञ्च ले मङ्गलबार तीजको अवसरमा दर खाने कार्यक्रम सँगै  आफ्नो पाँचौं साधारण सभा सम्पन्न गरेको छ। कार्यक्रममा गैंडाकोट नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष प्रमुख अतिथि रहनुभएको थियो। प्रमुख अतिथि होमनाथ  सापकोटाले यस मञ्चले महिला तथा बालबालिकाको क्षेत्रमा विभिन्न कार्यहरू गर्दै समाजसेवामा समर्पित भएकोमा प्रशंसा गर्नुभयो। साथै आगामी दिनमा यस मञ्चले समाजमा भएका व्यथिति लाई न्यूनीकरण गर्नमा पनि महत्वपूर्ण भूमिका खेलोस् भन्दै शुभकामना दिनुभयो।

उद्घाटन कार्यक्रममा नारायणी माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ईश्वरी चापागाईं सहयात्री साकोसका उपाध्यक्ष राजेन्द्र पौडेल, नारायणी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष दिननाथ त्रिपाठी, गैडाकोट नगरपालिका कार्यपालिकाका सदस्य ईश्वरी जिसी ,गैंडाकोट नगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख सीता लामिछाने ,समाजसेवी एवं शैक्षिक व्यक्तित्व नारायण पौडेल, महिला विकास केन्द्र का अध्यक्ष सरस्वती घिमिरे लगायतले मन्तव्य राख्नुभएको थियो।

कार्यक्रममा जनप्रतिनिधि तारा त्रिपाठी धनबहादुर कुमाल छलीमाया परियार त्यस्तैगरी रास्वपाका वार्ड सभापति गणेश सापकोटा ,महिला  हरिहर मन्दिर परमानन्द सन्यास आश्रमका उपाध्यक्ष जमुना कँडेल त्यस्तैगरी सफल महिला विकास मञ्चका संरक्षक धनपति सापकोटा लगायतको उपस्थिति रहेको थियो ।
नेतृत्व चयनको कार्यक्रम सम्पन्न भइसकेपछि दर खाने कार्यक्रम प्रारम्भ भएको थियो।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :