spot_img

Monday, July 13, 2026

हरितालिका तीजका अवसरमा नेपाल राष्ट्रिय शिक्षक संगठन गैडाकोट नगर समितिले अन्तरविद्यालय स्तरीय बृहत तीज गीत प्रतियोगिता गर्ने

भाद्र १० ,गैंडाकोट। हिन्दु नारीहरूको महान पर्व हरितालिका तीजका अवसरमा गैंडाकोटमा अन्तरविद्यालय स्तरीय बृहत तीज गीत प्रतियोगिता हुने भएको छ ।

शिक्षकहरूको साझा संगठन नेपाल राष्ट्रिय शिक्षक संगठनले नेपाली हिन्दू नारीहरूको महान चाड हरितालिका तीजको अवसरमा गैंडाकोट नगरपालिका भित्रका महिला शिक्षकहरूको बीचमा अन्तरविद्यालय स्तरीय बृहत तीज गीत प्रतियोगिता एवं शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको छ

साँस्कृतिक रितिरीवाज परम्परा एवं गीत संगीत अनि भेषभुषालाई संरक्षण र संबर्द्धन गर्दै संसारभर छरिएर रहेका नेपालीहरू मार्फत तीजको माध्यमबाट साँस्कृतिक पहिचान गराउदै समाजलाई सकारात्मक सन्देश दिने अभिप्रायले तीजको कार्यक्रमको आयोजना गरिएको नेपाल राष्ट्रिय शिक्षक संगठन गैडाकोट नगर समितिका अध्यक्ष रोशन मल्लले जानकारी दिनुभयो।

कार्यक्रममा सहभागी हुनका लागि समाज रूपान्तरणमा महिला शिक्षकको भूमिका बिषयमा रहेर गीत गाउनु पर्नेछ साथै  समुहमा ७ जना महिला शिक्षकहरु सहभागिता हुनु पर्ने छ  । तीज बिषेश कार्यक्रम यहि  भदौ १५ गते शनिबार, बिहान ११ बजे श्री अमर ज्योति माध्यमिक विद्यालय गैडाकोट १७ को प्राङगढमा आयोजना हुनेछ ।

प्रतियोगितामा प्रथम पुरस्कार रु १० हजार, द्वितीय पुरस्कार रु ७ हजार ,तृतीय पुरस्कार रु ५ हजार र सान्त्वना पुरस्कार रु ३ हजार का साथै प्रमाणपत्र प्रदान गरिने आयोजकले जानकारि दिएको छ ।
कार्यक्रममा लोक तथा दोहोरी गायिका दुर्गा सापकोटाको विशेष सांस्कृतिक प्रस्तुति रहने छ। समूह दर्ता गर्ने अन्तिम मिति २०८१ भाद्र १२ गते सम्म रहेको आयोजकले जानकारि दिएको छ ।

आध्यात्मिक रूपमा पनि तीजको निकै ठूलो महिमा छ। श्रद्धा पूर्बक श्रद्धालुहरू ब्रत बस्ने।शिव पार्वतीको आरधना एवं पूजा गर्ने।शिव पार्वतीका मठ मन्दिरहरूमा दर्शन, पूजा तथा नाचगान गर्ने गरिन्छ । यसै गरि पञ्चमीका दिन ब्रत बस्ने, सप्तऋषिका पूजा गर्ने गरिन्छ। यसै प्रकार तीजको तात्विक महत्व पनि त्यतिकै रहेको छ।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :