spot_img

Monday, July 13, 2026

तनहुँको आँबुखैरेनीस्थित मर्स्याङ्दी नदीमा खसेको भारतीय बसका यात्रुको उद्धार कार्य जारी

भदौ ७ तनहुँ। तनहुँको आँबुखैरेनीस्थित मर्स्याङ्दी नदीमा यात्रुवाहक बस खसेको छ ।

जिल्ला प्रशासन कार्यालय तनहुँका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले पोखराबाट काठमाडौं जाँदै गरेको युपी ५३ एफटी ७६२३ नम्बरको भारतीय बस साढे ११ बजेतिर बाटोबाट करिब डेढसय मिटर तल नदीमा खसेको जानकारी दिनुभयो । शुक्रबार बिहान करिब ११ः३० बजे आँबुखैरेनी गाउँपालिका वडा नम्बर २ ऐनापहरास्थित सडकबाट बस मर्स्याङ्दी नदीमा खसेको हो ।

बस पानीमा तैरिइरहेको र उद्धार कार्य जारी रहेको नेपाल प्रहरीका प्रवक्ता दानबहादुर कार्कीले बताउनुभयो ।अहिले उद्धार सुरु भएको छ, यति नै यात्रु भन्ने खुलेको छैन, ४० जनाभन्दा बढी रहेको अनुमान छ” उहाँले भन्नुभयो, “अहिले उद्धार सुरु भइसकेको छ ।”

 

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :