spot_img

Tuesday, October 15, 2024

सहकारीको रकम अपचलनको सम्बन्धमा संसदीय समितिले रास्वपा सभापति रवि लामिछाने सँग बयान लिँदै

भदौ ७ ,काठमाडौँ । सहकारीको रकम अपचलन भएको सम्बन्धमा छानबिन गर्न गठित संसदीय समितिले शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछानेसँग बयान लिँदैछ ।

सहकारीको रकम अपचलनको आरोप लागेका गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक लामिछानेलाई समितिले शुक्रबार बयानका लागि बोलाएको हो । पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्त्वको सरकारका तत्कालीन उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका लामिछानेमाथि सरकारीको रकम अपचलनको आरोप लागेपछि तत्कालीन प्रतिपक्षी दल कांग्रेसले छानबिनका लागि संसदीय समिति बनाउन माग गरेको थियो ।

  • -advertisement-
  • -advertisement-

लामो रस्साकस्सीपछि एमाले सांसद सूर्यबहादुर थापा नेतृत्वमा बनेको समितिले लामिछानेलाई बयानका लागि बोलाएको हो । लामिछानेमाथि गोरखा मिडिया नेटवर्कको प्रबन्ध निर्देशक हुँदा सहकारीको रकम अपचलनमा संलग्न भएको आरोप छ । समितिले लामिछानेलाई दिउँसो २ बजे बयानका लागि बोलाएको हो।

जीबी राई अध्यक्ष र रवि लामिछाने प्रबन्ध निर्देशक हुँदा गोर्खा मिडिया नेटवर्कमा काठमाडौंको स्वर्णलक्ष्मी, पोखराको सूर्यदर्शन, चितवनको साहारा र बुटवलको सुप्रिमसहितका सहकारीबाट कम्तीमा ९५ करोड ८१ लाख रुपैयाँ ल्याएर अपचलन भएको प्रहरी अनुसन्धानमा देखिएको छ। लामिछानेले भने यसलाई अस्वीकार गर्दै आएका छन् ।

समितिले लामिछाने भन्दा अगाडि बिहान ११ बजे गोरखा मिडिया नेटवर्कका सञ्चालक छविलाल जोशीसँग पनि बयान लिँदैछ । सांसद थापाको नेतृत्वमा बनेको समितिले तीन महिनादेखि सहकारी बचत हिनामिनाको विषयमा छानबिन जारी राखेको छ । समितिले अहिलेसम्म सहकारी सञ्चालक, नियमन निकाय र संघसंस्थाका पदाधिकारी गरेर ५० बढी व्यक्तिसँग बयान लिइसकेको छ ।

कमेन्ट :

ताजा प्रकासित

सम्बंधित समचार