spot_img

Wednesday, October 9, 2024

सरकारले सामाजिक सञ्जाल एप टिकटकमाथि लगाएको प्रतिबन्ध फुकुवा गर्ने  तयारी

भाद्र ०५,काठमाडौं । सरकारले  सामाजिक सञ्जाल एप टिकटकमाथि १० महिनाअगाडि लगाएको प्रतिबन्ध फुकुवा गर्ने  तयारी गरेको छ ।

टिकटकले नेपालको नीति–नियम सबै पालना गर्ने प्रतिवद्धतासहित पत्राचार गरेपछि सरकार लचिलो बनेर फुकुवाको तयारी गरेको हो । टिकटकको एसियाका पोलिसी डिभिजन चिफ फेरसले हस्ताक्षर गरेको पत्र सरकारलाई पठाइएको छ ।
नेपाल सरकारको ऐन(कानूनहरु पालना गर्ने शर्तमा टिकटक खुलाउन तयार रहेको जवाफी पत्र पनि मन्त्रालयले पठाएको छ ।

  • -advertisement-
  • -advertisement-

स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओली टिकटकको प्रतिबन्ध फुकुवा गर्न सकारात्मक छन् । उनकै सहमति अनुसार सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रतिबन्ध फुकुवाका लागि टिप्पणी उठाउन कर्मचारीलाई निर्देशन दिइसकेको बताइएकोछ ।  ।

प्रतिबन्ध लागेदेखि नै नेपालमा टिकटकले निरन्तर फुकुवाका लागि प्रयास गरिरहेको थियो । यसअघि पनि पत्र पठाएर नेपालको कानून पालना गर्ने प्रतिवद्धता जनाएको हो । तर, सरकार लचिलो भएको थिएन । ओली प्रधानमन्त्री भएपछि भने टिकटक खुल्ने वातावरण बनेको छ ।

कमेन्ट :

ताजा प्रकासित

सम्बंधित समचार