spot_img

Monday, July 27, 2026

अण्डाको मूल्य घट्यो

भाद्र ३,चितवन । अण्डाको मूल्य घटेको छ । नेपाल कुखुरा व्यवसायी मञ्चका निवर्तमान अध्यक्ष राजेन्द्र लामिछानेले अण्डाको मूल्य घटेको जानकारी दिएका हुन् ।

असार अन्तिम सातामा ठूलो साइजको अण्डाको मूल्य ५२० रुपैयाँ प्रतिक्रेट रहेकोमा हाल प्रतिक्रेट २० रुपैयाँले घटेर पाँच सय रुपैयाँ भएको छ । यस्तै, ठूलो साइजको अण्डा पछिल्लो पटक प्रतिक्रेट ५०५ रुपैयाँबाट घटेर ४७५ भएको छ । मध्यम खालको अण्डाको मूल्य ४४५ रुपैयाँ प्रतिक्रेटबाट घटेर ४१५ भएको लामिछानेको भनाइ  छ ।

देशभरका किसानसँग छलफल गरेर मूल्य समायोजन गरेको उनले बताए । किसानलाई अण्डा बिक्री गर्न समस्या भएकाले चितवनलाई आधार मानेर अण्डाको मूल्य समायोजन गरिएको उनको भनाइ छ ।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :