असार ६,गैँडाकोट । नेकपा एमाले गैँडाकोट नगर कमिटिको दोस्रो अधिवेशन बाट अध्यक्षमा युवा नेता कृष्ण कंडेल विजयी भएका छन् । बिहीवार बिहान मतदान भएर गरिएको मतगणना अनुसार कंडेलले आफ्ना प्रतिद्धन्दी श्रीराम सुवेदीलाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् ।
कुल खसेको ३१९ मत मध्ये कंडेलले १८५ मत प्राप्त गरेका छन् भने सुवेदीले १२६ मत प्राप्त गरेका थिए । नगर उपाध्यक्षमा गोविन्द प्रसाद सुवेदी २४४ मतका साथ विजयी भएका छन् । उपाध्यक्ष पदका अर्का उमेदवार सरस्वती खनालले ६१ मत प्राप्त गरिन ।
सचिवमा भूमिश्वर भूसाल (राजु) १८२ का साथ विजयी भएका छन् । सचिव पदका अर्का उमेदवार कमल बहादुर पाठकले १२४ मत प्राप्त गरे ।
यस्तै उपसचिवमा नर बहादुर थापा र गोमा पौडेल विजयी भएका छन् । उनिहरुले २२२ मत र १८४ मत प्राप्त गरे ।
६ जना खुल्ला सदस्यहरुमा लक्ष्मी कमली (१८९), विमल आचार्य (२१०), प्रेम कुमार शर्मा (२००), देशबन्दु सिग्देल (२०७), सुभद्रा आचार्य (२०४) र पार्वती पोखरेल (२०३) मत प्राप्त गर्दै विजयी भएका छन् ।
निर्वाचित अन्य सदस्यहरूमा वडा नं १ बाट केदार नाथ न्यौपाने, लक्ष्मण कँडेल र सकुन्तला न्यौपाने रहनुभएको छ । वडा नं २ बाट उत्तम प्रधान, सावित्रा काफ्ले र प्रमोद पोखरेल, वडा नम्बर ३ बाट देवराम सुनारी र सरस्वती पौडेल,
वडा नम्बर ४ बाट नवराज पौडेल खुमराज तिमल्सिना र सरिता आचार्य र कमला दवाडी, वडा नम्बर ५ बाट कृष्णप्रसाद काफ्ले, टिका ढकाल र सम्झना काफ्ले, वडा नम्बर ६ बाट देवीप्रसाद गौतम र सरस्वती घिमिरे, वडा नम्बर ७ बाट नर्मदा शर्मा पौडेल र दुर्गा दत्त कँडेल,
वडा नम्बर ८ बाट गुणाखर रेग्मी र सावित्रा सवी खवास, वडा नम्बर ९ बाट भवानी शर्मा बर्तौला, ढुण्डिराज कडेल र कृष्णबहादुर केसी, वडा नम्बर १० बाट गोविन्द प्रसाद पाण्डे सुमन गैरे र चेतना अर्याल, वडा नम्बर ११ बाट शेषकान्त कोइराला, खिमाकुमारी शर्मा र प्रेमदेवी शर्मा।
वडा नम्बर १२ बाट विष्णु बस्नेत र चुडामणि अधिकारी । वडा नम्बर १३ बाट हरिकल आले र शिवकुमार पौडेल। वडा नम्बर १४ बाट धनप्रसाद सापकोटा, लक्ष्मी हमाल र सुनिता देवी पौडेल। वडा नम्बर १५ बाट सुरेन्द्र आले र लालमाया गुरुङ ।
वडा नम्बर १६ बाट बासुदेव खनाल र सरस्वती सापकोटा । वडा नम्बर १७ बाट तुलसी पाण्डे बुद्धिराम गिरी र वडा नम्बर १८ बाटनवराज थापा र पदमकुमार थापा निर्वाचित हुनु भएको छ ।
खुला युवा सदस्यतर्फ रमेश ढकाल, अनिल ढकाल र गोविन्द प्रसाद आचार्य निर्वाचित हुन भएको छ । लेखा संयोजकमा श्रीहरि चालिसे निर्वाचित हुनुभएको छ भने लेखा सदस्यतर्फ मोती कुमारी खड्का र नेत्रप्रसाद अधिकारी निर्वाचित हुनुभएको छ।
यसैगरी मुक्ति समाजतर्फ चन्द्रबहादुर विश्वकर्मा, दुर्गा बहादुर विश्वकर्मा, भक्तबहादुर सुनार, जसमती बिक र निर्मला सुनार निर्वाचित हुनुभएको छ।
यसैगरी जनजाति तर्फ ज्योति गुरुङ, चन्द्रमाया सिङ्जाली, बलबहादुर थापा, सूर्यकुमार कायस्थ र काशीराम महत्व निर्वाचित हुनुभएको छ।
गत जेठ गते पार्टीको दोस्रो नगर अधिवेशन भएको थियो। अधिवेशनमा सबै पदहरूमा सर्वसम्मत नभएपछि केही पदहरूमा बिहीवार निर्वाचन भएको हो।





