spot_img

Thursday, June 18, 2026

आइसिसी टी-२० विश्वकप २०२४ खेल्न सन्दीप लामिछाने वेस्ट इन्डिज पुगे

जेठ २८,काठमाण्डौं । आइसिसी टी-२० विश्वकप २०२४ अन्तर्गत दक्षिण अफ्रिका र बंगलादेशविरूद्धको खेलका लागि नेपाली राष्ट्रिय टोलीका स्पिनर सन्दीप लामिछाने वेस्ट इन्डिज पुगेका छन्।

नेपाल क्रिकेट संघ (क्यान) का अनुसार सन्दीप वेस्ट इन्डिज पुगेर नेपाली टोलीमा समावेश हुनेछन्।

यसअघि सन्दीपलाई बलात्कार मुद्दामा उच्च अदातल पाटनले सफाइ दिएपछि उनलाई क्यानले टोलीमा राख्ने निर्णय गरेको थियो।

तर अमेरिकाले भिसा दिन अस्वीकार गर्दा सन्दीपले गत जुन ४ मा अमेरिकाको डलासमा भएको नेदरल्यान्ड्सविरूद्धको खेल गुमाएको थिए। साथै जुन ११ मा अमेरिकाकै फ्लोरिडास्थित लाउडरहिलमा श्रीलंकाविरुद्धको खेल गुमाउँदैछन्।

क्यानका पदाधिकारीका अनुसार सन्दीप वेस्ट इन्डिज पुगिसकेका छन्। नेपाली टोली श्रीलंकासँग खेलेपछि बिहीबार वेस्ट इन्डिजको सेन्ट भिसेन्ट पुग्नेछ।

उनी वेस्ट इन्डिज पुगेपछि मात्र क्यानले आधारिकारिका विज्ञप्ति जारी गरेको छ। उनी वेस्ट इन्डिजको सेन्ट भिसेन्ट पुगेका हुन्। सेन्ट भिसेन्टको राष्ट्रिय सुरक्षा मन्त्रालयका अनुसार टी-२० विश्वकप अवधिभरका लागि नेपालीका लागि भिसा लिन नपर्ने व्यवस्था गरिएको छ

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :