spot_img

Wednesday, January 15, 2025

निःशुल्क प्रदान गर्दै आएको ९८ प्रकारका औषधीको विवरण पेस गर्न सरकारलाई औषधी विभागको अनुरोध

चैत १२, काठमाडौं । औषधी व्यवस्था विभागले सरकारलाई निःशुल्क प्रदान गर्दै आएको ९८ प्रकारका औषधीको विवरण पेस गर्न अनुरोध गरेको छ ।

विभागकाले सूचना निकाल्दै आर्थिक वर्ष २०७७/७८, २०७८/७९, २०७९/८० को उत्पादन तथा आयातको वार्षिक विवरण पेस गरी सहयोग गर्न उत्पादक तथा आयातकर्तालाई अनुरोध गरेको हो ।

  • -advertisement-
  • -advertisement-
  • -advertisement-

विभागले सरकारले निःशुल्क प्रदान गर्दै आएको ९८ प्रकारका अत्यावश्यकीय औषधीहरूको बजार अवस्था अध्ययन गर्न उत्पादक तथा आयातकर्तालाई अनुरोध गरेको हो ।

विवरण सङ्कलनका लागि विभागले तयार गरेको प्रयोगकर्ता निर्देशिकाका आधारमा सूचना प्रकाशित मितिबाट ३० दिनभित्र अनिवार्य विवरण पेस गर्न अनुरोध गरेको छ । थप जानकारीका लागि विभागको औषधी मूल्याङ्कन तथा दर्ता महाशाखामा सम्पर्क गर्न आग्रह गरेको छ ।

कमेन्ट :
-advertisement-

ताजा प्रकासित

सम्बंधित समचार