spot_img

Thursday, November 14, 2024

गैँडाकोट ८ मा दुना टपरी लगाउने, ज्योति काट्ने, चम्चा दौड प्रतियोगिता सम्पन्न

गैँडाकोट । महिलामा लगानी  सभ्य र सम्मुन्नत समाजको थालनी भन्ने नारा सहित गैँडाकोटमा विभिन्न प्रतियोगितात्मक कार्यक्रम गरिएको छ ।

गैँडाकोट नगरपालिका वडा नम्बर ८ को समन्वय तथा कालिका महिला संञ्जालको आयोजनामा शनिवार दुना टपरी लगाउने, ज्योति काट्ने, चम्चा दौड, घैटो फुटाइ र म्युजीकल चियर प्रतियोगिता सम्पन्न भएको छ ।

  • -advertisement-
  • -advertisement-

गैँडाकोट ८ का वडा सदस्य कमला आचार्यले यस्ता प्रतियोगिताले महिलामा उर्जा भर्ने बताउनुभएको छ । महिलाको सिप विकासका लागि वडाले अन्य दिनमा विभिन्न कार्यक्रम संचालन गर्ने उहाँले बताउनुभयो ।

कालिका महिला संञ्जालका उपाध्यक्ष पार्वती ज्ञावलीले आगामी दिनमा पनि यस्ता कार्यक्रम संचालन गर्ने बताउनुभएको छ ।११४ औँ अन्तराष्ट्रिय नारी दिवसको पुर्व सन्ध्यामा कार्यक्रम गरिएको हो ।

कमेन्ट :
-advertisement-

ताजा प्रकासित

सम्बंधित समचार