spot_img

Tuesday, July 28, 2026

दशैं बिदाका समयमा चितवनको पर्यटकीय नगरी सौराहाका होटल भरिभराउ

कात्तिक,११ सौराहा  । दशैं बिदाका समयमा चितवनको पर्यटकीय नगरी सौराहाका होटल भरिभराउ भएका छन् । दशैंअघि सुनसान रहेका होटल दशैंपछि भरिभराउ भएपछि व्यवसायी उत्साहित भएका छन् । सौराहामा आन्तरिकसँगै भारतीय र तेस्रो मुलुकका पर्यटक पनि आएका छन् । दशैं सुरु भएपछि अधिकांश होटल पर्यटकले भरिएको व्यवसायीले बताएका छन् ।

क्षेत्रीय होटल संघ चितवन सौराहाका अध्यक्ष नरेश गिरीले पर्याप्तमात्रामा आन्तरिक तथा बाह्य पर्यटक नआउँदा निरास पर्यटन व्यवसाय चाडबाड सुरु भएसँगै पुनःतङ्ग्रिन थालेको बताए ।

‘दशैंअघि सौराहा सुनसान जस्तै थियो,’ उनले भने, ‘पर्यटकीय सिजन सुरु भएसँगै पर्यटक बढ्न थालेका छन् ।’

देशमा बढ्दो अर्थतन्त्रको समस्याले कतै आन्तरिक पर्यटकको सङ्ख्यामा पनि कमी आउने हो कि भन्ने चिन्तामा रहेका व्यवसायीलाई दशैंको माहोलले भने केही उत्साहित बनाएको गिरीले बताए । उनले दशैंपछि सौराहाका सबै होटल पर्यटकले भरिभराउ भएको जानकारी दिए ।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :