single head

गैडाकोटमा कार्तिक १७ र १८ गते भिटामिन ए र जुकाको औषधि खुवाइँदै ।

single post top 1

गैँडाकोट। गैँडाकोट नगरपालिकामा यहि कात्तिक १७ र १८ गते भिटामिन ए र जुकाको औषधि खुवाइने भएको छ। पालिका भित्र रहेका ५ हजार ६३ जना बालबालिकालाई ‘भिटामिन ए र ४ हजार १ सय ८४ बालबालिकालाई जुकाको औषधी खुवाइने गैँडाकोट नगरपालिका, स्वास्थ्य शाखाका प्रमुख झलकराज पौडेलले जानकारी दिनुभयो ।
सरकारले हरेक वर्ष कात्तिक २ र ३ गते भिटामिन ए र जुकाको औषधी खुवाउने कार्यक्रम रहेकोमा यसपटक दशैं पर्व बिदा परेकोले गरी कात्तिक १७ र १८ गते सञ्चालन गर्न लागिएको हो । ६ देखि ५९ महिना उमेरसम्मका बालबालिकाहरुलाई भिटामिन ए र १ वर्ष देखि ५ वर्ष उमेर सम्मका बालबालिकालाई जुकाको औषधी खुवाउन लागिएको गैंडाकोट स्वास्थ्य शाखाले जनाएको छ। ।
गैँडाकोट नगरपालीकाका १८ वटै वडाका विभिन्न स्थान एवं नगर अस्पताल, आधारभूत स्वास्थ्य केन्द्रबाट भिटामिन ए र जुकाको औषधी खुवाउन सकिने छ । नगरका स्वास्थ्यकर्मीहरु एवं महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका मार्फत भिटामिन ए र जुकाको औषधी खुवाउने कार्यक्रम रहेको गैँडाकोट नगरपालिका स्वास्थ्य शाखाकी सिनियर अनमी सीता देवी शर्माले जानकारी दिनुभयो ।
राष्ट्रिय कार्यक्रम अन्तर्गत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले  हरेक वर्ष बैशाख ६ र ७ गते तथा कार्तिक २ र ३ गते राष्ट्रिय भिटामिन ‘ए तथा जुकाको औषधि वितरण कार्यक्रम संचालन गर्दै आएको छ ।

single p1
single p2
single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3