single head

नेपाली कांग्रेस इतर पक्षको गैंडाकोट नगर समितिको अधिवेशन तयारी भेला भोलि हुँदै

single post top 1
गैंडाकोट । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत इतर पक्षले गैंडाकोट नगर समितिको अधिवेशनलाई लक्षित गर्दै तयारी भेला आयोजना गर्ने भएको छ।
नेपाली कांग्रेस गैंडाकोट नगर समितिको आयोजनामा यहि असोज १५ गते बिहान ११ बजे गैंडाकोट फन पार्क, गैंडाकोट–५ मा तयारी भेला बोलाइएको युवा नेता अनन्त कंडेलले जानकारि दिनुभयो ।
भेलामा नगर अधिवेशनको तयारी, व्यवस्थापन तथा आवश्यक समन्वयका विषयमा छलफल हुने आयोजकले जनाएको छ। नगर समितिले पार्टीका क्रियाशील सदस्य, क्षेत्रीय प्रतिनिधि तथा सम्बन्धित नेता–कार्यकर्तालाई भेलामा उपस्थित हुन आह्वान गरेको छ।
डा.शशांक कोईराला संयोजक रहेको नेपालि कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत विभिन्न तहका अधिवेशन प्रक्रिया अघि बढाईने बताइएको छ। केन्द्रीय निर्वाचन समितिको कार्यतालिकाअनुसार महाधिवेशन २०८३ मंसिर २१ देखि २३ गतेसम्म हुने तय गरिएको छ।
single p2
single p1
single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3