single head

नमुना शिवनगर खानेपानीको नयाँ नेतृत्वको लागि उम्मेदवारी दर्ता सकियो, अध्यक्षमा ६ जनाको उम्मेदवारी।

single post top 1

गैडाकोट।नमुना शिवनगर खानेपानी तथा सरसफाई तथा संस्थाको चौथो नेतृत्व चयनको लागी निर्वाचन समितिले कार्यतालिका बमोजिम आफ्नो काम अगाडि बढाएको छ। निर्वाचन कार्यतालिकाअनुसार आज उम्मेदवारी मनोनयन दर्ता प्रक्रिया सम्पन्न भएको छ।

single p1

निर्वाचन समितिका अनुसार अध्यक्षमा प्रकाश भुसाल, ईश्वरीप्रसाद चापागाईं, कुशल अधिकारी वेदप्रसाद चालिसे, जङ्गबहादुर थापा मगर र प्रेमप्रसाद सापकोटा गरी ६ जनाको उम्मेदवारी परेको छ । त्यस्तै उपाध्यक्षमा लक्ष्मी कडेल, भद्रकली घर्ती मगर र तारा कण्डेल गरी तीन जनाको उम्मेदवारी परेको छ। निर्वाचन समितिका अनुसार सचिवमा दुर्गाप्रसाद सापकोटा ,प्रेमप्रसाद आचार्य रविन कुमाल ,भूमीश्वर कामी र गोविन्दप्रसाद सापकोटा गरी पाँच जनाको उम्मेदवारी परेको छ । त्यस्तै कोषाध्यक्ष पदमा मोतीप्रसाद अधिकारी, होमनाथ कडेल र जिरबहादुर प्रदान गरी तीन जनाको उम्मेदवारी परेको छ। निर्वाचन समितिका अनुसार सहसचिवमा प्रमेश आचार्य,उत्तम प्रसाद बकवाल, शान्ता पौडेल, लक्ष्मीप्रसाद चौधरी ,बिमल शर्मा र गणेश सुवेदी गरी ६ जनाको उम्मेदवारी परेको छ ।

single p2

त्यस्तै लेखा समिति संयोजकमा कमला सापकोटा ,इन्द्रमणि चालिसे र अरुण शर्मा गरी तीनजनाको उम्मेदवारी परेको छ भने लेखा सदस्यमा  चन्द्रकला पौडेल, भवानी शंकर कँडेल, उमा बिक,रामप्रसाद तिवारी ,रामबहादुर क्षेत्री र रिता सापकोटा गरी ६ जनाको उम्मेदवारी परेको छ।

निर्वाचन समितिका अनुसार कार्यसमिति सदस्यहरूमा ३५ जनाको उम्मेदवारी परेको जनाएको छ। जस अन्तर्गत दलित महिला सदस्यतर्फ बसन्ती परियार, लीला चुदार ,श्याममाया बिक त्यस्तै जनजाति महिला सदस्यतर्फ कान्ति कुमाल, सिर्जना माग्प्छन, अनिषा श्रेष्ठ रहेका छन् ।

खुल्ला सदस्यतर्फ अग्निधर आचार्य, दिनानाथ त्रिपाठी, लक्ष्मण चापागाई, हर्कबहादुर सार्की , तेजेन्द्र चालिसे, नन्दलाल कडेल ,भक्तबहादुर दर्जी, गोमाकुमारी वन, वर्णबहादुर थापा मगर, देवकला सापकोटा कडेल, जितबहादुर भट्टराई ,बि माया परियार, निर्मला परियार, धनबहादुर बिक, गीतादेवी सापकोटा, धनबहादुर दर्जी, चुडामणि आचार्य ,गायत्री दमै ,पदमबहादुर बिक, कृष्णकुमारी सिन्जाली मगर, पूर्णभद्र निउरे,लक्ष्मीदत्त सापकोटा, मुकुन्द चालिसे, हरिप्रसाद सापकोटा, कृष्णबहादुर केसी, नरेन्द्र वन सन्यासी, तुलसी देवी शर्मा, विष्णु देवकोटा र शक्ति प्रसाद चालिसेले रहेका छन्

निर्वाचन कार्यतालिका अनुसार अश्विन १३ गते उम्मेदवारीमाथि दाबी विरोध तथा उम्मेद्वारी फिर्ता प्रक्रियाको समय रहेको छ। त्यस्तै १४ गतेदेखि १६ गतेसम्म सर्वसहमतिको लागि समय प्रदान गरिएको निर्वाचन समिति संयोजक खगराज सापकोटाले जानकारी दिनुभयो। त्यस्तै असोज १७ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ। निर्वाचन कार्यतालिका अनुसार निर्वाचन समितिले काम अगाडि बढाएको छ। निर्वाचन समितिले सर्वसम्मत गराउन पहल गरिरहेको बताएको छ । यदि सर्वसम्मत नभएको खण्डमा आश्विन २४ गते मतदान प्रक्रिया शुभारम्भ हुने निर्वाचन समितिले जनाएको छ।

चौथो नेतृत्व चयनका लागि खगराज सापकोटाको संयोजकत्वमा निर्वाचन समिति गठन भएको छ। जसको सदस्यमा हरिप्रसाद सापकोटा र माधवप्रसाद न्यौपाने रहनुभएको छ।
नमुना शिवनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको हाल २२८५ उपभोक्ता सदस्य रहेको संस्थाका व्यवस्थापक जीवन थापाले जानकारी दिनुभयो। संस्थाको निर्वाचन प्रक्रियामा संघ संस्था, संस्थाको सदस्य बनेका तर धारा जडान नगरेका  र शुल्क नतिरी धारा काटिएका उपभोक्ताहरूले   मतदान प्रक्रियामा भाग लिन नपाउने संस्थाले जनाएको छ। त्यस्ता उपभोक्ता सदस्यहरू ११९ जना रहेका छन् । मतदान प्रक्रियामा २१६६ जनाले  भाग लिन पाउने संस्थाका व्यवस्थापक थापाले बताउनुभयो।

संस्थाले गैडाकोट वडा नम्बर ६ ,८,७ र ९ का वडाबासीलाई शुद्ध पिउने पानी वितरण गरिरहेको छ।

 

 

 

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3