single head

नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधिमा युवा समाजसेवी ईश्वर पौडेलको उम्मेदवारी

single post top 1

गैंडाकोट । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नवलपुर क्षेत्र नं. १ बाट महाधिवेशन प्रतिनिधि पदमा युवा समाजसेवी ईश्वर पौडेलले उम्मेदवारी प्रस्तुत गरेका छन्। पौडेलले आफूलाई खुला युवा (३५ वर्षमुनि) तर्फबाट उम्मेदवारका रूपमा अघि सारेका हुन्।
युवा पुस्ताको प्रतिनिधित्व, नेतृत्व विकास र सामाजिक सक्रियतालाई आफ्नो उम्मेदवारीको आधार बनाएका पौडेलले जेसिसमा रहेर नेतृत्व विकास तथा सामाजिक क्षेत्रमा काम गरेको अनुभव रहेको बताएका छन्। पार्टीको संगठनमा समेत विभिन्न तह र जिम्मेवारीमा रहेर सक्रिय भूमिका निर्वाह गर्दै आएका पौडेलले कांग्रेसभित्र युवाको अर्थपूर्ण सहभागिता आवश्यक रहेको धारणा राखेका छन्।
उनको प्रचार सामग्रीमा “एक मत पुस्तान्तरणका लागि, एक मत नयाँ सोचका लागि, एक मत युवा आवाजका लागि” भन्ने सन्देशलाई प्राथमिकता दिइएको छ। साथै “नयाँ सोच, नयाँ ऊर्जा, जिम्मेवार नेतृत्व” सहित युवाको आवाजलाई पार्टीको निर्णय प्रक्रियामा प्रभावकारी रूपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।
सामाजिक क्षेत्रमा सक्रिय रहँदै नेतृत्व विकासमा समेत अनुभव हासिल गरेका पौडेलले पार्टीलाई नयाँ पुस्तासँग जोड्दै संगठनमा युवाको सहभागिता बढाउन आफूले भूमिका खेल्ने बताएका छन्। उनले आफ्नो उम्मेदवारीलाई व्यक्तिगत पदभन्दा पनि युवा पुस्ताको प्रतिनिधित्व र पुस्तान्तरणको अभियानसँग जोडिएको बताएका छन्।

single p1
single p2
single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3