single head

जिम्मेवार नेतृत्व, पारदर्शिता र पुस्ताबीचको सहकार्यका लागि कुशल सापकोटाको उम्मेदवारी

single post top 1

गैंडाकोट । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत ३५ वर्षमुनिका युवाको तर्फबाट केन्द्रीय महाधिवेशन प्रतिनिधिका लागि युवा नेता कुशल सापकोटाले उम्मेदवारी प्रस्तुत गर्नुभएको छ।
विद्यालय तहदेखि नै नेपाल विद्यार्थी संघको राजनीतिमा सक्रिय रहँदै आउनुभएका सापकोटाले नेविसंघ विजय सामुदायिक शिक्षा सदन इकाई अध्यक्ष, नेविसंघ नमुना कलेज अध्यक्ष, नेविसंघ वडा कमिटी संयोजक, नेविसंघ नगर कमिटी सदस्य तथा नेविसंघ जिल्ला समिति सदस्यलगायतका जिम्मेवारी निर्वाह गरिसक्नुभएको छ। उहाँले युथ कांग्रेस गैंडाकोटको संयोजकको जिम्मेवारीसमेत सम्हालिसक्नुभएको छ।
राजनीतिक संगठनसँगै सामाजिक क्षेत्रमा समेत सक्रिय सापकोटा नवजागरण ग्रामीण विकास केन्द्रको सदस्यका रूपमा रहेर खेलकुद तथा सामाजिक गतिविधिमा काम गर्दै आउनुभएको छ। हाल गैंडाकोट युवा भजनमा आबद्ध रही युवाहरूलाई सामाजिक गतिविधिमा जोड्दै विभिन्न सामाजिक कार्यमा सक्रिय रहँदै आउनुभएको छ।
सापकोटाले आफ्नो उम्मेदवारीलाई पद प्राप्तिको माध्यमभन्दा पनि जिम्मेवार नेतृत्व, पारदर्शिता र पुस्ताबीचको सहकार्यलाई अघि बढाउने प्रतिबद्धताका रूपमा प्रस्तुत गर्नुभएको छ। उहाँका अनुसार अभिभावकहरूको सल्लाह र मार्गदर्शनलाई आत्मसात् गर्दै युवाहरूलाई संगठित गरी सामाजिक उत्तरदायित्व र सेवाको क्षेत्रमा निरन्तर काम गर्दै आउनुभएको छ।
“राजनीति केवल पद प्राप्त गर्ने माध्यम होइन, जनताप्रति उत्तरदायी भएर काम गर्ने जिम्मेवारी हो। अझ परिपक्व हुँदै सबैसँग हातेमालो गरेर अघि बढ्नुपर्छ भन्ने मान्यताका साथ मैले उम्मेदवारी प्रस्तुत गरेको हुँ,” सापकोटाले बताउनुभयो।
युवाको सहभागिता, संगठनको सुदृढीकरण, पुस्ताबीचको सहकार्य र सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर आफूले महाधिवेशन प्रतिनिधिका रूपमा भूमिका निर्वाह गर्ने उहाँको भनाइ छ।

single p1
single p2
single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3