single head

किसान बचत तथा ऋण सहकारीद्वारा तीन दिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

single post top 1

गैँडाकोट । किसान बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा सञ्चालित तीन दिने कृषक व्यवसाय खेल तालिम सम्पन्न भएको छ। नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) र  German Sparkassenstiftung for International Cooperation को प्राविधिक सहयोगमा तालिम सञ्चालन गरिएको हो।
साउन २४ गतेदेखि तीन दिनसम्म सञ्चालन भएको तालिममा विभिन्न क्षेत्रका व्यवसाय सञ्चालन गरिरहेका तथा व्यवसाय सुरु गर्न इच्छुक २९ जना सदस्यको सहभागिता रहेको थियो।
कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत संजयराज तिमिल्सिनाले तालिमको आवश्यकता र महत्वबारे जानकारी गराएका थिए।
कार्यक्रममा नेफ्स्कुनका सञ्चालक सदस्य तथा संस्थाका पूर्व अध्यक्ष एवं शिक्षा उपसमिति संयोजक गोपालप्रसाद गौतमले तालिमले सदस्यलाई व्यवसायमुखी र आत्मनिर्भर बनाउन महत्वपूर्ण योगदान पु¥याउने बताए।

single p1

तालिममा नेफ्स्कुनका व्यवसाय अधिकृत अस्तमिता अधिकारी र यमकला सुवेदीले प्रशिक्षण दिएका थिए। सहभागीहरूले तालिम व्यावहारिक, प्रभावकारी र फलदायी रहेको बताएका छन्। नेफ्स्कुनले किसान साकोससँग आगामी दिनमा पनि यस्ता सहकार्यलाई निरन्तरता दिने जनाएको छ। तालिम संस्थाका अध्यक्ष भोजराज पौडेलको अध्यक्षतामा भएको थियो।
कार्यक्रममा तालिमका सहभागीले व्यवसाय सञ्चालन गरिरहेका तथा व्यवसाय सुरु गर्न इच्छुक सदस्यहरूका लागि तालिम निकै प्रभावकारी, व्यावहारिक र फलदायी भएको अनुभव सुनाउनुभयो ।
कार्यक्रमको व्यवस्थापन तथा संचालन संस्थाका कार्यक्रम विभाग प्रमुख प्रेम प्रसाद अधिकारीले गर्नुभएको थियो।

single p2
single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3