single head

विकूद्वारा असहाय, अनाथ, अशक्त तथा ज्येष्ठ नागरिकलाई सहयोग

single post top 1

गैँडाकोट । विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो ३६औँ वार्षिकोत्सवको अवसरमा मानव सेवा सहयोग कार्यक्रम गरेको छ।
सहकारीले सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न चार स्थानमा पुगेर असहाय, अनाथ, अशक्त तथा ज्येष्ठ नागरिकलाई सहयोग प्रदान गरेको हो।
कार्यक्रमअन्तर्गत मौलाकालिका अपाङ्ग सेवा संस्था, कावासोती–८, अपाङ्ग जीवन विकास संस्था, गैँडाकोट–१, आदर्श गृह नेपाल, भरतपुर–४ र असहाय वृद्ध कल्याण समाज, रत्ननगर–१३ मा रहेका लाभग्राहीलाई सहयोग गरिएको सहकारीले जनाएको छ।

single p1

वार्षिकोत्सवलाई सामाजिक सेवासँग जोड्दै सञ्चालन गरिएको उक्त कार्यक्रममार्फत सहकारीले समुदायप्रतिको आफ्नो सामाजिक उत्तरदायित्व निर्वाह गरेको जनाएको छ।
सहयोग कार्यक्रमले आवश्यकतामा रहेका व्यक्ति तथा संस्थालाई प्रत्यक्ष सहयोग पुग्नुका साथै सहकारी र समुदायबीचको सम्बन्धलाई थप मजबुत बनाउन योगदान पु¥याएको सहकारीको भनाइ छ।

single p2

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3