single head

नारायणी सामुदायिक वन गणेशमान सिंह सामुदायिक वन राष्ट्रिय पुरस्कारका लागि छनोट

single post top 1

गैँडाकोट । गैँडाकोट–६, ७ र ९ मा रहेको नारायणी सामुदायिक वन उपभोक्ता समूह यस वर्षको गणेशमान सिंह सामुदायिक वन राष्ट्रिय पुरस्कारका लागि छनोट भएको छ।

single p1

वन संरक्षण, दिगो व्यवस्थापन, जैविक विविधता संरक्षण, वातावरणीय सन्तुलन तथा सामुदायिक सहभागितालगायतका क्षेत्रमा समूहले गरेको कामका आधारमा राष्ट्रिय पुरस्कारका लागि छनोट गरिएको हो। गणेशमान सिंह सामुदायिक वन राष्ट्रिय पुरस्कारका लागि सामुदायिक वनहरूलाई निर्धारित आधार तथा सूचकका आधारमा मूल्याङ्कन गरी उत्कृष्ट समूह छनोट गर्ने व्यवस्था रहेको छ।

single p2

नारायणी सामुदायिक वन राष्ट्रियस्तरको पुरस्कारका लागि छनोट हुनु गैँडाकोटका साथै नवलपुरकै लागि गौरवको विषय भएको समुहका अध्यक्ष नेत्रराज सापकोटाले जानकारि दिनुभयो। यस सफलताले सामुदायिक वन संरक्षण र दिगो व्यवस्थापनमा उपभोक्ता समूहको भूमिकालाई थप प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ।

पुरस्कारको लागि वन समूहलाई साउन २५ गते काठमाडौंमा आयोजित विशेष समारोहमा नगदसहित सम्मानपत्र र राष्ट्रिय पुरस्कार प्रदान गरिने कार्यतालिका रहेको छ।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3