single head

गैंडाकोट जेसिज द्धारा गैंडाकोट–६ मा निःशुल्क पशु स्वास्थ्य शिविर / २०० भन्दा बढी पशुपंक्षीको स्वास्थ्य परीक्षण

single post top 1

साउन १९ ,गैंडाकोट । गैंडाकोट नगरपालिका वडा नम्बर –६ मा आयोजित निःशुल्क पशु स्वास्थ्य शिविरमा १०० जना कृषकका २०० भन्दा बढी पशुपंक्षीको स्वास्थ्य परीक्षण गरिएको छ।
गैंडाकोट जेसिज र नेपाल भेटेरिनरी विद्यार्थी एसोसिएसन (नेपाल पोलिटेक्निक इन्स्टिच्युट)को संयुक्त आयोजनामा मंगलबार सृजनशील आधारभूत विद्यालयको परिसरमा शिविर सञ्चालन गरिएको हो। शिविरमा गाई, भैंसी, बाख्रा, कुकुर, कुखुरा, बंगुर लगायत पशुपंक्षीको स्वास्थ्य परीक्षण गरिएको थियो । शिविरमा स्वास्थ्य परीक्षणसँगै कृषकलाई आवश्यक औषधि निःशुल्क वितरण गरिएको थियो ।

single p1

गैंडाकोट जेसिज वर्ष २०२६ का शाखा अध्यक्ष ईश्वर पौडेलले पशुपालनमा निर्भर कृषकको संख्या बढी रहेको सृजनशील टोललाई छनोट गरी कार्यक्रम सञ्चालन गर्दा स्थानीय कृषक प्रत्यक्ष रूपमा लाभान्वित हुने बताउनुभयो। अध्यक्ष पौडेलले पशुपंक्षी स्वस्थ भए मात्र कृषकको आम्दानी र उत्पादनमा वृद्धि हुने भएकाले किसानलाई पशु स्वास्थ्यसम्बन्धी सचेतना र आवश्यक प्राविधिक ज्ञान प्रदान गर्नु पनि उत्तिकै महत्वपूर्ण रहेको बताउनु भयो ।

single p2

गैंडाकोट जेसिजका पूर्व अध्यक्ष परमेश आचार्यले पशुपालनमा निर्भर कृषकलाई लक्षित गरी आयोजना गरिएको निःशुल्क पशु स्वास्थ्य शिविरले स्थानीय किसानलाई प्रत्यक्ष लाभ पुगेको बताउनुभयो। उहाँले पशुपंक्षीको नियमित स्वास्थ्य परीक्षण, रोगको समयमै पहिचान तथा आवश्यक उपचारका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा प्रोफेसर डाक्टर एसके शाहले पशुपंक्षीमा लाग्ने विभिन्न रोग, रोग लाग्ने कारण तथा समयमै उपचार गर्नुपर्ने विषयमा कृषकलाई जानकारी गराउनुभएको थियो। उहाँले पशुपंक्षीको स्वास्थ्यमा विशेष ध्यान दिन कृषकलाई आग्रह गर्नुभयो।
नेपाल जेसिजका राष्ट्रिय महासचिव अमर घिमिरेले जेसिजले समाजको आवश्यकता पहिचान गरी विभिन्न क्षेत्रमा सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो। उहाँले किसानको हितमा आयोजना गरिएको यस्ता कार्यक्रमबाट कृषक प्रत्यक्ष रूपमा लाभान्वित हुने विश्वास व्यक्त गर्नुभयो।


गैंडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले पशुपालनमा संलग्न कृषकका पशुपंक्षीको स्वास्थ्य परीक्षणका लागि शिविर आयोजना गर्नु सराहनीय कार्य भएको बताउनुभयो। उहाँले रोग लागेपछि उपचार गर्नुभन्दा समयमै स्वास्थ्य परीक्षण गरी रोगको पहिचान र उपचार गर्न सके पशुधनको संरक्षणमा सहयोग पुग्ने बताउँनुभयो ।
शिविरका कार्यक्रम संयोजक तथा गैंडाकोट जेसिजका सहसचिव डाक्टर सुभाष सापकोटाले पशुपालन बढी हुने क्षेत्रलाई लक्षित गरी शिविर सञ्चालन गरिएको बताउनुभयो। उहाँले कृषकलाई पशुपालनसम्बन्धी ज्ञान, सीप तथा आवश्यक तालिम प्रदान गर्न पनि जरुरी रहेको बताउनुभयो।

शिविरमा ४० भन्दा बढी पशु चिकित्सक तथा प्राविधिकसहितको टोलीले सेवा दिएका थिए।  शिविरमा विशेषगरी गाईभैंसीको गोबर परीक्षण गरिएको थियो भने घरपालुवा कुकुरलाई रेबिजविरुद्धको खोपसमेत लगाइएको थियो।
शिविरलाई गैंडाकोट नगरपालिका, भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय कावासोती, सृजनशील टोल विकास संस्था गैंडाकोट–६, कान्तिपुर फर्मासिटिकल्स ल्याब लिमिटेड, इन्टस एनिमल हेल्थ, Qmed, भिएमसी फर्मासिटिकल्स, एमडीएच फर्मासिटिकल्स प्रालि, सिटिजन फर्मासिटिकल्स र पाथिभरा भेट डिस्ट्रीब्युटर्स प्रालि लगायत संस्थाले सहयोग गरेका थिए।

कार्यक्रममा गैंडाकोट नगरपालिकाकी उपप्रमुख शान्तिदेवी कोइराला, वडा नम्बर ६ का अध्यक्ष सुभाष चापागाईं, वडा सदस्य रणबहादुर दराई, गैंडाकोट नगरपालिका पशु सेवा शाखाका अधिकृत रमेश ज्ञवाली, सृजनशील आधारभूत विद्यालयकी प्रधानाध्यापक शोभादेवी सापकोटा, विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा सृजनशील टोल विकास संस्थाका अध्यक्ष दुर्गा ढकाल, भेटेरिनरी चिकित्सकहरू डाक्टर सरोज बिष्ट, डाक्टर सन्दीप बिष्ट, डाक्टर टेकनाथ भट्टराई, डाक्टर सुरेन्द्र्र तिवारी, जेसी चुन्ना पौडेल, नेपाल पोलिटेक्निक इन्स्टिच्युटका विद्यार्थी, जेसिजका पदाधिकारी, स्थानीयवासी, समाजसेवी तथा बुद्धिजीवीहरूको समेत सहभागिता रहेको थियो।

कार्यक्रममा नेपाल भेटेरिनरी विद्यार्थी एसोसिएसन (नेपाल पोलिटेक्निक इन्स्टिच्युट) कमिटिका अध्यक्ष मनिष खनालले स्वागत मन्तव्य राख्नुभएको थियो भने गैंडाकोट जेसिजका महासचिव कमल तिवारीले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो।

 

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

[sprasasocial]

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3