spot_img

Tuesday, July 28, 2026

संयमता र सामाजिक सदभाव कायम राख्न रास्वपाका सभापति रवि लामिछाने सबैलाईअपिल

काठमाडौँ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सुनसरीलगायत पूर्वी जिल्लामा हालै घटेको घटनाप्रति दुःख व्यक्त गर्दै शान्ति, संयमता र सामाजिक सदभाव कायम राख्न सबैमा अपिल गर्नुभएको छ ।

सभापति लामिछानेद्वारा आज जारी विज्ञप्तिमा घटनामा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली तथा शोकाकूल परिवारजनमा समवेदना व्यक्त गर्दै घाइते नागरिक तथा सुरक्षाकर्मीको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ ।

विज्ञप्तिमार्फत उहाँले रास्वपाका स्थानीय समितिका सम्पूर्ण सदस्यलाई सदभाव कायम राख्न सहयोगी भूमिका खेल्न निर्देशन समेत दिनुभएको छ । सभापति लामिछानेले कुनै पनि समस्या, असन्तुष्टि वा विवादको समाधान हिंसा र मुठभेडबाट हुन नसक्ने उल्लेख गर्दै बहुलवादी संस्कृति, आपसी एकता, सहिष्णुता र सामाजिक सदभाव खल्बलिने गतिविधि नगर्न तथा नगराउन आम नागरिक, नागरिक अगुवा, धार्मिक तथा सामाजिक व्यक्तित्व र सरोकारवाला पक्षलाई आग्रह गर्नुभएको छ ।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :