spot_img

Sunday, June 7, 2026

लायन्स क्लब अफ गैडाकोट कालीगण्डकीको आठौँ स्थापना दिवस तथा पद हस्तान्तरण कार्यक्रम सम्पन्न / वर्ष २०२६–२७ को नेतृत्व देवीप्रसाद गौतम (मदन)ले गर्ने

गैडाकोट । लायन्स क्लब अफ गैडाकोट कालीगण्डकीको आठौँ स्थापना दिवस तथा पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ। लालीगुराँस जंगल रिसोर्ट मायाटार चितवनमा संस्थापक अध्यक्ष बिमल लम्सालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
लायन्स क्लब अफ गैडाकोट कालीगण्डकी वर्ष २०२६–२७ का लागि नयाँ कार्य समितिको अध्यक्षमा देवीप्रसाद गौतम (मदन)चयन हुनुभएको छ । तेस्तै प्रथम उपाध्यक्षमा सञ्जय बन्जरा ,द्वितीय उपाध्यक्षमा चिन्तामणि खनाल , सचिवमा सन्दिप अर्याल र कोषाध्यक्षमा ध्रुवप्रसाद अधिकारी चयन हुनुभएको छ ।यसैगरी डिपार्टमेन्ट कोअर्डिनेटरमा भिम पौडेल, मिडिया कोअर्डिनेटरमा कृष्ण कँडेल र फाइनान्स कोर्डिनेटरमा रुद्रलाल भुसाल चयन हुनुभएको छ।

आठौं स्थापना दिवस तथा पद हस्तान्तरण कार्यक्रम वर्ष २०२५–२६ का अध्यक्ष लायन शिवप्रसाद भुसालको अध्यक्षतामा सम्पन्न भएको थियो भने प्रथम उपाध्यक्ष लायन देवीप्रसाद गौतम (मदन)ले स्वागत मन्तव्य राख्नुभएको थियो।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :