spot_img

Sunday, September 14, 2025

जापान जानको लागी भरपर्दो माध्यम एम्स एब्रोड एजुकेशन/मासिक २ हजार रुपैयाँमै जापानी भाषा कक्षा

भदौ १८,गैँडाकोट ।  जापानी भाषा सिक्न चाहने विद्यार्थीलाई गैँडाकोटमै विशेष सुविधा उपलब्ध हुने भएको छ। गैँडाकोटस्थित एम्स एब्रोड एजुकेशन प्रालिले चाडवाडकाे अवसर पारि विशेष योजना ल्याउँदै मासिक मात्र २ हजार रुपैयाँमै जापानी भाषा कक्षा सञ्चालन गर्ने घोषणा गरेको छ। सामान्यतया भाषा कक्षाको शुल्क धेरै हुने भए पनि भदौ र असोज महिनाभित्र भर्ना हुने विद्यार्थीलाई मात्र विशेष छुट दिने व्यवस्था गरिएको छ।  एम्स एब्रोड एजुकेशनमा साकुरा ग्रुप अफ कम्पनिका सीईओ Bunhi Tsuruishi ( President of Sakura Group Company) काे टाेलिले अवलाेकन समेत गरेकाे थियाे । बुन्ही टिसुरूइसीले भन्नुभयाे “हामि एम्स एब्रोड एजुकेशन सँग मिलेर अध्ययनका लागी विद्यार्थीहरू जापान लगिरहेका छाै र अगामि दिनमा पनि याे सहकाय रहिरहने छ ।”

आज गैँडाकोटमा आयोजित पत्रकार सम्मेलनमा संस्थाका सीईओ कृष्ण कंडेलले आर्थिक अवस्था कमजोर भएकाहरुलाई समेत सहज बनाउन शुल्क घटाइएको बताउनुभयो । सीईओ कंडेलले विद्यार्थीको भविष्यलाई केन्द्रमा राखेर यो योजना ल्याएको बताउनुभयो । जापानी भाषा सिक्न चाहेर पनि शुल्कका कारण अड्किएका विद्यार्थीलाई सहयोग होस् भन्ने उद्देश्य रहेको समेत उहाँको भनाई छ ।  कंडेलका अनुसार एम्स एब्रोडले भाषा सिकाइसँगै विदेश अध्ययनका सम्पूर्ण तयारी प्रक्रियामा समेत सहयोग गर्दै आएको छ। जापान, अष्ट्रेलिया, अमेरिका र क्यानडा लगायतका देशका प्रतिष्ठित कलेज–विश्वविद्यालयमा यहाँका विद्यार्थी भर्ना भई अध्ययनरत समेत रहेका छन्। “हामीले पठाएका विद्यार्थीहरू प्रतिष्ठित कलेज तथा विश्वविद्यालयमा भर्ना भई अध्ययनरत छन्, जसले हाम्रो सेवाप्रति विद्यार्थी र अभिभावकको विश्वास अझ बढाएको छ,” कंडेलले बताउनुभयो ।

गैँडाकोट र चितवन–नवलपुर क्षेत्रकै अग्रणी शैक्षिक परामर्श केन्द्रका रूपमा परिचित एम्स एब्रोडले विद्यार्थीलाई भाषादेखि भिसा प्रक्रियासम्म सम्पूर्ण सहयोग उपलब्ध गराउँदै आएको छ।
यो योजना मार्फत धेरै विद्यार्थीले जापानी भाषा सिकेर अध्ययन र रोजगारी दुबै अवसरमा फाइदा लिन सक्ने एम्स एब्रोडको विश्वास छ ।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :