single head

बीपीको स्मृतिमा नेपाली कांग्रेस गैँडाकोट वडा नं ५ ले गर्यो मैत्रीपूर्ण फुटबल प्रतियोगिता

single post top 1

गैँडाकोट । नेपाली कांग्रेस गैँडाकोट वडा नं ५ ले मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न गरेको छ । ४३ औँ बीपी स्मृति दिवसको अवसरमा मंगलवार गैंडाकोट क्षेत्रीय रंगशाला ३,४र ८ मा छात्राहरूको दुई टिम र छात्रहरूको दुई टिम बीच मैत्रीपूर्ण फुटबल प्रतियोगितामा छात्राहरूको ए टिम र छात्रहरूको बि टिम विजयी भएको हो। प्रतियोगितामा छात्राहरूको ए टिमले  बी टिमलाई २–० गोल अन्तरले पराजित गर्दै विजयी भएको हो। त्यस्तै छात्रहरूको खेलमा निर्धारित समयमा कुनै पनि टिमले गोल गर्न नसकेपछि खेल ट्राइबेकरमा पुगेको थियो। ट्राइबेकरमा टिम बीले टिम ए लाई ३–२ गोल अन्तरले पराजित गर्दै विजयी भएको हो। विजेता टिमहरूले नगद समेत प्राप्त गरेका थिए।

single p1

बीपीको खेलकुद विकास गर्ने नीतिलाई सम्मान गर्दै मैत्रीपूर्ण फुटबल प्रतियोगिता गरेको नेपाली कांग्रेस गैँडाकोट वडा नं ५ का वडा सभापति लक्ष्मण कार्कीले बताउनुभयो । वडा सभापति कार्कीले विश्वेश्वर प्रसाद कोइरालाले नेपालको समग्र विकासका लागि धेरै काम गर्नुभएको बताउनुभयो। उहाँले विशेषगरी खेलकुदको क्षेत्रमा र धेरै फुटबलको लागि महत्वपूर्ण योगदान दिनुभएको कार्कीले बताउनुभयो। वडा सभापति कार्कीले भन्नुभयो “जब विश्वेश्वर प्रसाद कोइराला २०१६ सालमा प्रधानमन्त्री हुनुभयो त्यसपछि प्रधानमन्त्रीको टिम र तत्कालीन राजा को टिमबीच मैत्रीपूर्ण फुटबल खेल भएको थियो र त्यसपश्चात दशरथ रंगशाला निर्माण भएको इतिहास रहेको थियो ।”  बिशेष गरि बीपी र खेल जोडिएको हुनाले हामीले अहिले मैत्रीपूर्ण फुटबल प्रतियोगिता आयोजना गरेको कार्कीले बताउनुभयो।

single p2

गैंडाकोट पम्पिङ स्किम खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको तर्फबाट विजेता दुई टिमलाई नगद रु ५००/ ५०० र गैंडाकोट खेलकुद समितिलाई कम्तिमा  पाँच थान प्लास्टिकको कुर्ची समेत प्रदान गरिने अध्यक्ष कृष्णप्रसाद न्यौपानेले बताउनुभयो । अध्यक्ष न्यौपानेले अहिलेको गैंडाकोट क्षेत्रीय रंगशाला लाई बचाउनको लागि आफूले धेरै मेहनत गरेको स्मरण गर्नुभयो। न्यौपानेले रंगशालाको स्थापना गर्दाको त्यो पुरानो कुरालाई ताजा बनाइदिएकोमा पनि आयोजकलाई धन्यवाद व्यक्त गर्नुभयो।

नेपाली कांग्रेस गैँडाकोट वडा नं ५ का उपसभापति विष्णुप्रसाद गौतमले बीपीको खेलप्रतिको लगाव भएकोले उहाँको सम्झनामा खेलकुदको कार्यक्रम आयोजना गरेको बताउनुभयो । उपसभापति गौतमले नवलपुर जिल्लाको गहनाको रुपमा रहेको क्षेत्रीय रंगशालाको प्रवर्धनको रुपमा पनि खेलकुद गर्न जरुरी रहेको बताउनुभयो।

प्रतियोगिताको रेफ्रीको रुपमा सुबास तामाङ रहनु भएको थियो । मैत्रीपूर्ण फुटबल प्रतियोगितामा समाजसेवी व्यक्तिहरु, बुद्धिजीवी र खेलकुद प्रेमीहरू महानुभावहरुको उपस्थिति रहेको थियो।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3