single head

प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्नुहुने

single post top 1

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्नुहुने भएको छ । बैठक आज अपराह्न एक बजे बस्दैछ ।

single p1

प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसङ्घको विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलनमा सहभागी भएर स्पेनको औपचारिक भ्रमणबाट फर्किएपछि आज प्रतिनिधिसभामा सम्बोधन गर्नेुहुने कार्यसूची तय भएको हो ।

single p2

नेकपा (एमाले) संसदीय दलका मुख्य सचेतक महेश बर्तौलाले प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसङ्घको विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलनमा सहभागी भएर स्पेनको औपचारिक भ्रमणमा भएका विषयहरू सदनलाई जानकारी गराउने कार्यसूची तय भएको जानकारी दिनुभयो ।

प्रधानमन्त्री ओली उक्त भ्रमण सकेर यही असार २० गते स्वदेश फर्कनुभएको थियोे । प्रधानमन्त्रीले विदेश भ्रमण पूर्व र स्वदेश फर्किएपछि सदनलाई जानकारी दिने संसदीय अभ्यास रहिआएको छ ।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3