spot_img

Friday, July 11, 2025

कालिका नमुना मा वि मा विज्ञान संकाय शुरु / विद्यार्थीलाइ बिशेष छुट

गैडाकोट । कालिका नमुना माध्यमिक विद्यालय गैंडाकोटमा बिशेष छुट सहित विज्ञान संकाय सञ्चालनमा आएको छ । यस  शैक्षिक वर्ष देखि विज्ञान संकायमा  पठनपठन सुरु हुने विद्यालयका प्रधानाध्यापक होमनाथ शर्माले बताउनुभयो । विज्ञान संकायको पहिलो वर्ष भएको कारण शुल्कको बारेमा लचिलो बन्नेछौँ भन्दै प्रधानाध्यापकले भन्नुभयो “ अभिभावकको सुझाब, सल्लाह, चाहना र योग्यताका आधारमा शुल्कका बारेमा पछि तय गरिनेछ, यस वर्ष दक्ष जनशक्तिबाट बिशेष छुट सहित विज्ञान संकायमा पठनपाठन गर्ने  सोच बनाएका छौँ ।”

कालिका नमुना माध्यमिक विद्यालयमा व्यवस्थापन, होटल म्रयानेजमेन्ट र  शिक्षा संकाय पनि सञ्चालनमा रहेको छ । व्यवस्थापन र शिक्षा संकायमा पढ्न आउने विद्यार्थीको एसईईको नतिजा ग्रेडका आधारमा पनि विशेष छुटको व्यवस्था गरिने प्रधानाध्यापक शर्माले बताउनुभयो । यस वर्ष विज्ञान विषयका लागि ३० वटा मात्र कोटा रहेको विद्यालयले जनाएको छ । सुन्दर, शान्त वातावरणमा पठनपाठन गरिने र गुणस्तरमा कुनै सम्झौता नगरीकन पठनपाठन सुरु हुने प्रधानाध्यापक शर्माको भनाइ छ । यसपालिको एसइइमा  विद्यालयले राम्रो अंकका साथ  विद्यार्थीलाइ पास गराउन सफल भएको छ ।

दैनिक पठनपाठनका लागि आवश्यक पर्ने शैक्षिक सामग्री लगायत  प्रोजेक्टर, स्मार्ट बोर्ड,  स्मार्ट टेलिभिजन, शिक्षक निर्देशिका साथै विषयगत शिक्षण सामग्री व्यवस्थापन गरिएको छ । विज्ञान, कम्प्युटर, गणित लगायत प्रयोगशालामा विभिन्न उपकरण व्यवस्थापन गरिएको छ ।

कमेन्ट :

ताजा प्रकासित

सम्बंधित समचार