single head

लायन्स क्लब अफ बागेश्वरी डाइनामिक द्धारा क्यान्सर पीडितलाई सहयोग

single post top 1

गैंडाकोट। लायन्स क्लब अफ बागेश्वरी डाइनामिकले क्यान्सर पीडितलाई सहयोग गरेको छ ।

single p1

बिहीबार गैँडाकोट नगरपालिका वार्ड नं ८ निवासी क्यान्सर पीडित सचिना घर्तीको घरमै पुगेर क्लबले नगद सहयोग गरेको क्लबका अध्यक्ष  लायन रोशन मल्लले जानकारी दिनुभयो । क्यान्सर पीडित घर्तीको आर्थिक अवस्था कमजोर भएकोले औषधि उपचारमा सहयोग होला भन्ने उद्देश्यले सहयोग गरेको मल्लले बताउनुभयो । 

single p2

लायन्स क्लब अफ इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ आरका डिस्ट्रिक्ट गवर्नर एमजेएफ लायन दिनानाथ न्यौपानेले क्लबले क्यान्सर पीडितको लागि सहयोग गरेको छ ,सामाजिक कामप्रति यो साह्रै सराहनीय काम भएको बताउनुभयो। लायन न्यौपानेले सामाजिक काममा सधैं अगाडि बढ्ने हाम्रो लक्ष्य नै भएको बताउनुभयो । 

कार्यक्रमका संयोजक लायन गोविन्द चालिसेले क्लबले गत कार्तिक महिनामा  राष्ट्रिय कलाकार सहितको क्यान्सर पीडित सहयोगार्थ सास्कृतिक कार्यक्रम गरेको थियो, त्यही कार्यक्रमबाट उठेको पैसाबाट केही रकम कालिका नमुना माविमा अध्ययनरत क्यान्सर पीडित विद्यार्थीलाई हस्तान्तरण गरिएको बताउनु भयो । चालिसेले बाकी रकम क्यान्सर रोग अक्षय कोष स्थापना गरेर  वार्षिक रुपमा क्यान्सर पीडितहरुलाई सहयोग गर्दै जाने बताउनु भयो । 

क्यान्सरको उपचार महँगो हुने भएकोले आगामी दिनमा पनि सहयोगी हातहरूबाट आर्थिक सहयोग गर्ने  क्लबलेले जनाएको छ । 

कार्यक्रममा भिडिजी इलेक्टेड एमजेएफ लायन प्रभाकर पण्डित ,डिस्ट्रिक्ट एक्सक्लुसिभ चिफ एमजेएफ लायन कृष्ण पाण्डे, कालिका नमुना माविका प्रधानाध्यापक होमनाथ शर्मा , डिस्ट्रिक्ट को चिफ लायन सिआर कँडेल,  क्लस्टर चिफ एमजेएफ लायन देशबन्धु सिग्देल, चार्टर प्रेसिडेन्ट जोन चेयर पर्सन लायन कमल तिवारी, क्लबका पूर्व अध्यक्ष लायन तेजेन्द्र राना , आइपीपी लायन तुलसी प्रसाद सापकोटा, लायन रामकृष्ण कोइराला, लायन शिव पौडेल, लायन लक्ष्मण कँडेल लगायतको उपस्थिति रहेको थियो।

क्लबका अध्यक्ष लायन रोशन मल्लको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण क्लबका सचिव लायन कृष्णप्रसाद खरेलले गर्नुभएको थियो।

 

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3