spot_img

Friday, July 11, 2025

आजको राशिफल (वि. सं २०८२ असार १० गते मङ्गलबार, आषाढ कृष्णपक्ष चतुर्दशी तिथि )

आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) पारिवारिक रमाइलो र मिठासले भरिएको दिन। व्यवसाय र पढाइमा मध्यम लाभ मिल्नेछ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) आत्मबल र आत्मविश्वास उच्च रहनेछ। नयाँ काम र पढाइमा सफलता मिल्नेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) स्वास्थ्य र खर्चमा सतर्कता अपनाउनु पर्छ। अनावश्यक विवादबाट बच्न आवश्यक छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) रोकिएको धन हात पर्ने योग छ। आय र स्वास्थ्य दुवैमा सुधार हुनेछ। परिवारसँग रमाइलो समय बित्नेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) काममा सफलता र नयाँ सुरुवातको अवसर छ। मानसिक तनाव कम हुनेछ। आर्थिक सबलता प्राप्त हुनेछ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) सामाजिक तथा धार्मिक कार्यमा सफलता मिल्छ। स्वास्थ्य र आर्थिक क्षेत्र सामान्य छ । पढाइमा ध्यान दिनुहोस्।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) मन अशान्त, खर्च र विवाद बढ्न सक्छ। चोटपटकबाट बच्न सतर्क रहनुहोस्।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) सम्बन्धमा सुधार हुनेछ। साझेदारी कार्यबाट फाइदा हुनेछ। व्यवसाय र पढाइमा प्रगति हुनेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) सानो प्रयासले ठुलो सफलता मिल्न सक्छ। आर्थिक लाभ र जोश जागर बढ्ने समय छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) रमाइलो यात्रा र सहयोगी साथीहरूको सहयोग मिल्नेछ। बुद्धिको विकास र पारिवारिक समर्थन प्राप्त हुनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) तनाव र खर्च बढ्न सक्छ। व्यर्थ यात्रा टार्नुहोस्, पढाइमा बढी ध्यान दिनुहोस्।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) मानसम्मान र सफलता बढ्ने दिन छ। प्रशासनिक काम बन्नेछ।

कमेन्ट :

ताजा प्रकासित

सम्बंधित समचार