बैशाख ०३,गैडाकोट । गैडाकोटमा जारि प्रथम वडा स्तरीय पुरुष फुटबल प्रतियोगिताको फाइनल खेलको समीकरण पुरा भएको छ ।
गैडाकोट फुटबल क्लबको आयोजनामा गत चैत्र २७ गतेदेखि सुरु भएको प्रतियोगिताको फाइनल खेलमा गैडाकोट वडा नम्बर १० र गैडाकोट वडा नम्बर ७ भिड्ने भएका छन ।
गैडाकोट क्षेत्रिय रंगशालामा यस अघि भएको खेलमा गैडाकोट वडा नम्बर ७ ले वडा नम्बर ११ लाई र गैडाकोट वडा नम्बर १० ले वडा नम्बर ३ लाई पराजित गदैं फाईनल प्रवेश गरेका हुन ।
गत चैत्र २७ गतेबाट शुरु भएको प्रतियोगिताको फाईनल खेल यहि बैशाख ४ गते दिउसो ३ बजे गैडाकोट क्षेत्रिय रंगशालामा हुने आयोजकले जानकारी दिएको छ ।
गैंडाकोट नगरपालिका भित्रका १५ वटा वडाहरूको सहभागिता रहेको थियो ।
प्रतियोगितामा प्रथम पुरस्कार रु ५१ हजार १सय ११, ट्रफी मेडल र प्रमाणपत्र र द्वितीय पुरस्कार रु ३१ हजार १सय ११, ट्रफी मेडल प्रमाणपत्र रहेको छ । त्यस्तै अनुशासित टिमलाई फेयर प्ले अवार्ड र विधागत पुरस्कारको पनि व्यवस्था रहेको छ ।
खेलकुदको क्षेत्रलाई अगाडि बढाउन फुटबल प्रतियोगिताको आयोजना गरेको र प्रतियोगिताले वडा, वडा बीच पनि आत्मियता अझै बढ्ने गैडाकोट फुटबल क्लबका अध्यक्ष सुदन पराजुलीले बताउनु भयो ।
प्रतियोगिता हेर्न दैनिक दर्शकहरु खेल मैदान पुग्ने गरेका छन । दर्शकको उल्लेख्य सहभागीता रहेको प्रथम वडा स्तरीय पुरुष फुटबल प्रतियोगिता निकै सौहार्दपूर्ण वातावरणमा चलेकोे छ । फाइनल खेलको लागि सम्पूर्ण गैंडाकोट नगरबासी ,खेलप्रेमी महानुभावहरूलाई उपस्थित भई खेलको शोभा बढाइदिनु हुन पनि आयोजकले अनुरोध गरेको छ ।

प्रथम वडा स्तरीय पुरुष फुटबल प्रतियोगिताको फाइनलमा गैडाकोट वडा नम्बर १० र वडा नम्बर ७ भिड्ने


कमेन्ट :