spot_img

Saturday, April 11, 2026

चौथो सस्करण मेयर कप अन्तरविद्यालय फुटबल प्रतियोगिता : दोस्रो दिन ६ वटा खेल सम्पन्न

गैँडाकोट (नबिन सुबेदी )। चौथो सस्करणको मेयर कप अन्तरविद्यालय फुटबल प्रतियोगिता २०८१ को दोस्रो दिन ६ वटा खेल सम्पन्न भएको  छ ।

गैँडाकोटको क्षेत्रीय रंगशालाको खेलमैदानमा शनिबार भएको प्रतियोगिताको पहिलो खेलमा सुर्योदय विधा मन्दिर बिजयी भएको छ  । निर्धारित समयमा कुनै पनि टिमले गोल गर्न नसकेपछि खेल ट्राइब्रेकरमा पुगेको थियो । ट्राइब्रेकरमा कुमारवर्ती आ.मा वि लाइ ३ का विरुद्ध ४ गोल ले पराजित गरि सुर्योदय विधा मन्दिर विजयी भएको हो  । सुर्योदय विधा मन्दिरका  सकिन मल्ल प्लेयर अफ दि म्याच घोषित  भएका थिए ।

दोश्रो खेलमा  मुकुन्दसेन आधारभूत विद्यालय बिजयी भएको छ  । निर्धारित समयमा दुवै  टिम बाट  १ /१  गोल भएपछि खेल ट्राइब्रेकरमा पुगेको थियो । ट्राइब्रेकरमा स्मल हार्टलाइ २  का विरुद्ध 3  गोल ले पराजित गरि मुकुन्दसेन आ. विद्यालय विजयी भएको हो  । मुकुन्दसेन आ.वि का मनोज फ्याउलि प्लेयर अफ दि म्याच घोषित भएका थिए ।

यस्तै आज भएको तेस्रो खेलमा महेन्द्र स्मारक आधारभूत विद्यालय बिजयी भएको छ  ।  निर्धारित समयमा कुनै पनि टिमले गोल गर्न नसकेपछि खेल ट्राइब्रेकरमा पुगेको थियो । ट्राइब्रेकरमा मुकुन्दसेन इ.बो.लाइ २ का विरुद्ध ३ गोलले पराजित गरि महेन्द्र स्मारक आधारभूत विद्यालय विजयी भएको हो  । महेन्द्र स्मारकका बिसाल राइ प्लेयर अफ दि म्याच घोषित भएका थिए ।

यस्तै आज भएको चौथो खेलमा अमर ज्योति आधारभूत विद्यालय बिजयी भएको छ । अमर ज्योति आधारभूत विद्यालयले  कन्टिनेन्टल इ.बो लाइ १ —०  को गोल अन्तरले विजयी भएको हो  । खेलमा अमर ज्योति आधारभूत विद्यालयका बिनोद भषाल प्लेयर अफ दि म्याच घोषित भएका थिए ।

यस्तै आज भएको पाचौ  खेलमा पन्चज्योति आधारभूत विद्यालय विजयी भएको छ ।  पन्चज्योति आधारभूत  विद्यालयले  श्री कृष्ण गण्डकी माध्यामिक विद्यालय लाइ ४  —१   को गोल अन्तरले पराजित गर्दै  विजयी भएको हो  । खेलमा अपन्चज्योति आधारभूत विद्यालयका सुनिल पौडेल प्लेयर अफ दि म्याच घोषित भएका थिए ।

यस्तै आज भएको अन्तिम खेलमा लक्ष्मी माध्यामिक विद्यालय विजयी भएको छ । नेपाल राष्ट्रिय शमशेर माविलाइ ० का विरुद्ध १ गोल गरि लक्ष्मी माध्यामिक विद्यालय विजयी भएको हो ।  खेलमा लक्ष्मी माध्यामिक विद्यालयका टेक बहादुर सुगरपार् प्लेयर अफ दि म्याच घोषित भएको नगर खेलकुद समितिका उपाध्यक्ष एवं कार्यक्रम संयोजक लक्ष्मण कार्कीले फास्टखबर अनलाइनलाइ  जानकारी दिनुभयो ।

गैँडाकोट नगर खेलकुद विकास समितिको आयोजनामा हुने प्रतियोगिताको तेस्रो  दिन आइतबार खेल सञ्चालन हुने छ ।नगरका संस्थागत र सामुदायिक गरि ३१ विद्यालयका कक्षा ८ सम्मका छात्रहरुको  सहभागिता रहेको  छ । प्रतियोगितामा प्रथम हुने समूहलाई ५१ हजार, दोस्रो हुने समूहलाई ३१ हजार, तृतीय हुने दुइवटा समूहलाई १६/१६ हजार रुपैँया नगद प्रदान गरिने गैँडाकोट नगर खेलकुद विकास समितिका उपाध्यक्ष तथा प्रतियोगिताका संयोजक लक्ष्मण कार्कीले जानकारी दिनुभयो । खेल अवधिभर उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, बेष्ट गोलकिपर, र वेष्ट मिड फिल्डर लाई समेत पुरस्कारको व्यवस्था गरिएको छ ।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :