प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ

under rastriya

कात्तिक २०,काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ हुनुभएको छ।

प्रधानमन्त्रीका प्रेस संयोजक  प्रकाश सिलवालका अनुसार सामान्य ज्वरो आएका कारण मङ्गलबार अत्यावश्यक बाहेक अन्य भेटघाट र कार्यक्रम प्रधानमन्त्रीले स्थगित गर्नुभएको हो।

Article Inline 2

अस्वस्थ भएपछि प्रधानमन्त्री ओली बालुवाटारमै चिकित्सकको निगरानीमा आराम गरिरहेको बालुवाटार स्रोतले जानकारी दिएको छ।

प्रधानमन्त्रीका प्रेस संयोजक सिलवालले भन्नुभयो, ‘‘सामान्य ज्वरोका कारण प्रधानमन्त्री केपी शर्मा ओलीले आज अत्यावश्यकबाहेक अन्य कुनै भेटघाट र कार्यक्रम राख्नुभएको छैन। उहाँ प्रधानमन्त्री निवास, बालुवाटारमा आराम गरिरहनुभएको छ।’’

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :