spot_img

Thursday, November 14, 2024

भरतपुरमा निःशुल्क नेत्र जाँच शिबिर सम्पन्न

कार्तिक, १४ भरतपुर । लायन्स क्लब अफ चितवन चौतारीको आयोजनामा आज बुधबार भरतपुरमा निःशुल्क नेत्र जाँच शिबिर सम्पन्न भएको छ ।

चितवन आँखा अस्पताल भरतपुरको १३ औं बार्षिक उत्सवको अवसर पारेर आयोजना गरिएको कार्यक्रममा प्राबिधिक सहयोग चितवन आँखा अस्पतालले उपलब्ध गराएको थियो । सो शिबिरमा १३८ जनाको आँखा परिक्षण डा रबिन्द्र सिंह ठकुरीले गर्नुभएको थियो ।

  • -advertisement-
  • -advertisement-

नेपालमा अन्धोपन निवारणका लागि महत्वपूर्ण भुमिका निर्वाह गरेको लायन्सले आखाँ परिक्षणलाई उच्च प्राथामिकतामा राखेको छ । बिभिन्न स्थानमा आँखा परिक्षण शिबिर सञ्चालन गर्ने गरेको क्लबले स्वंय लायन साथीहरुको आँखाको दृष्टि (आँखाको स्वास्थ्य) के कस्तो अवस्थामा छ भनेर थहा पाउनका लागि भरतपुरमै शिबिर आयोजना गरिएकोे कार्यक्रम संयाजक लाल प्रसाद पौडेलका जानकारी दिनुभयो ।

मेडिकल सिटीको रुपमा चिनिएको चितवनका शहरी क्षेत्रका बासिन्दाहरुमा पनि आँखाको उपचारको सम्बन्धमा गम्भीर नभएको डा रबिन्द्र सिंह ठकुरीको अनुभव छ । बिशेषज्ञ चिकित्सकसँग परामर्श नगरी जथाभाबी औषधीका प्रयोग गर्दा आँखाको ज्योति गुम्ने सक्ने डा ठकुरीको भनाई छ । डा ठकुरीले भन्नुभर्यो आजको सानो लापरबाहीले भोलि ठुलो क्षति पुग्ने भएकाले आँखा जस्तो संवेदनशिल अंगको हेरचाह र उपचारमा बिशेष सावधानी पु¥याउन जरुरी छ ।’ मधुमेह तथा उच्च रक्तचापका बिरामीले त हरेक ६/६ महिनामा आँखा परिक्षण गर्ने पर्ने डा ठकुरीको भनाई छ । स्कुल जाने उमेर भएका बाबु नानीहरुको आँखा परिक्षण एकदमै जरुरी भए पनि अभिभावकहरुले यसतर्फ चासो नदिएको वहाँले बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि लायन्स क्लब अन्र्तराष्ट्रिय डिष्ट्रिक ३२५ आरका डिष्ट्रिक गर्भनर दिनानाथ न्यौपानेले संसारलाई हेर्न, बुझ्न र अनुभव गर्न आँखा जरुरी हुन्छ । आँखा बिना यो सम्भब नहुने भएकोले आँखाकोे नियमित स्वास्थ्य परिक्षण गर्न सबैको ध्याकर्षण गराउनु भएको थियो ।

लायन्स क्लब अफ भरतपुर मिड टाउन, लायन्स क्लब अफ निर्वाणा, लायन्स क्लब अफ चितवन अतुल्य र लायन्स क्लब अफ चितवन चौतारी गार्गीको सहआयोजनामा सम्पन्न कार्यक्रमको सभापतित्व लायन्स क्लब अफ चितवन चौतारीका अध्यक्ष लायन मनोज हमालले गर्नु भएको थियो ।

कमेन्ट :
-advertisement-

ताजा प्रकासित

सम्बंधित समचार