त्रिकोणात्मक टी–२० सिरिजको उपाधि क्यानडाले जित्यो

pradesh side 2

असोज १८,काठमाडौँ । त्रिकोणात्मक टी–२० सिरिजको उपाधि आयोजक क्यानडाले जितेको छ ।

बिहीबार राति भएको खेलमा ओमानलाई पाँच विकेटले हराउँदै क्यानडाले सिरिज जितेको हो । नेपाल र ओमान सम्मिलित सिरिजमा क्यानडाले चार खेलबाट ६ अङ्क बनायो । नेपालको चार र ओमानको दुई अङ्क रह्यो । अन्तिम खेलमा टस हारेर पहिले ब्याटिङ गरेको ओमानले १९.४ ओभरमा सबै विकेटको क्षतिमा ८३ रन बनाएको थियो ।

Article Inline 2

८४ रनको विजयी लक्ष्य पछ्याएको क्यानाडाले १४.१ ओभरमै पाँच विकेटको क्षतिमा लक्ष्य भेट्टाएको थियो । यस सिरिजमा ओमानका अकिव इल्यासले सर्वाधिक एक सय १२ रन बनाउनुभयो । नेपालका कप्तान रोहितकुमार पौडेलले ९९ रन बनाउनुभयो । बलिङमा नेपालका सन्दीप लामिछाने र ओमानका इल्यासले आठ आठ विकेट लिनुभयो ।

नेपाल अब क्यानडाबाट विश्वकप लिग–२ कै अर्को सिरिज खेल्न अमेरिका जानेछ ।  कात्तिक ९ देखि १९ गतेसम्म अमेरिकामा हुने सिरिजमा आयोजक अमेरिकासँगै नेपाल र स्कटल्यान्ड रहेको छ ।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :