पूर्वी चितवनमा पहिलो पटक बी.बी.ए. कार्यक्रम सञ्चालन

under rastriya

असोज १०,रत्ननगर।  पूर्वी चितवनमा पहिलो पटक बिबिए कार्यक्रम संचालनमा आएको छ।  रत्ननगर-१०,बकुलहर स्थित पुरानो क्रिष्टल कलेजबाट सो कार्यक्रम संचालनमा आएको हो। सुदूरपश्चिम विश्वविद्यालयबाट सम्बन्धन प्राप्त ज्ञानसुधा टेक्निकल कलेज अन्तर्गत संचालनमा आएको सो कलेजले समय सापेक्ष पाठ्यक्रम निर्माण गरेर बिबिए कार्यक्रम सञ्चालन मा आएको हो।

कलेजले यसै बर्ष बाट डेढ करोडभन्दा बढी छात्रवृत्ति प्रदान गरी विद्यार्थीहरुलाई सहुलियत दरमा शिक्षा प्रदान गर्न लागेको कलेजका प्राचार्य राजकुमार दाहालले जानकारी दिनुभयो । बिबिए कार्यक्रम सञ्चालनका क्रममा विश्वविद्यालयको पाठ्यक्रम मात्र केन्द्रित नभई विद्यार्थीहरुलाई प्रत्येक सेमेस्टरमा आईटी लगायत इन्डस्ट्रीसँग जोड्ने विभिन्न अतिरिक्त कक्षाहरू तयार गरि  सीपमूलक प्रमाणपत्र प्रदान गर्न लागिएको प्राचार्य दाहालले बताउनुभयो।

Article Inline 2

यस कलेजमा अध्ययनरत विद्यार्थीहरुले पढाई पश्चात बेरोजगार रहनु नपर्ने विश्वास प्राचार्य दाहालले गर्नुभएको छ । हाल कलेजमा सीमित सिटमा भर्ना अभियान चलिरहेकाले पूर्वी चितवनमा रहेका सम्पूर्ण विद्यार्थी तथा अभिभावकहरुलाई समयमा नै कलेजमा सम्पर्क गरि आफ्नो सिट सुरक्षित राख्न पनि प्राचार्य दाहालले अनुरोध गर्नुभएको छ ।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :