श्री महादेव भर्याङ्ग मन्दिर गैंडाकोट ६ मा नरहरी सापकोटाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

banner 5

भदौ २९,गैँडाकोट । श्री महादेव मन्दिर सेवा समिति, श्री महादेव भर्याङ्ग मन्दिर गैंडाकोट ६ को सातौं साधारणसभा तथा चौथो नेतृत्व चयनबाट नरहरी सापकोटाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो  ।

शनिबार मन्दिरको प्राङ्गणमा भएको नेतृत्व चयनबाट सापकोटाको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । मन्दिरको उपाध्यक्षमा जयलाल कँडेल, सचिवमा देव बहादुर गुरुङ, कोषाध्यक्षमा सञ्जय पौडेल लगायत सदस्य रहनुभएको छ ।

Article Inline 2

यसअघि भएको साधारण सभामा प्रमुख अतिथि गैँडाकोट नगर प्रमुख मदनभक्त अधिकारीले धर्मले मानिसलाई नैतिकवान अनुशासनमा राख्ने बताउनुभयो । उहाँले यो पुरानो मन्दिर भएकोले यसको संरक्षणका लागि नगरपालिकाले सक्दो सहयोग गर्ने बताउनुभयो ।

श्री महादेव मन्दिर सेवा समितिका अध्यक्ष हिमलाल सापकोटाले आफ्नो कार्यकालमा सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो । साधारण सभा कार्यक्रममा सचिव देव बहादुर गुरुङले मन्दिरको प्रगति विवरण पेश गर्नुभएको थियो भने कोषाध्यक्ष शसी खनालको आर्थिक प्रतिवेदन जीवन थापाले वाचन गर्नुभएको थियो । सो अवसरमा विभिन्न व्यक्तिलाई सम्मान गरिएको थियो ।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :