लुम्बिनी प्रदेश मुख्यमन्त्री चेतनारायण आचार्य सहित आठजना बिना विभागीय मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिए

pradesh side 2

साउन ९ , बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य सहित एमाले र कांग्रेसबाट आठजना बिना विभागीय मन्त्रीहरुले बुधवार बिहान पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

प्रदेश प्रमुखको कार्यालय बुटवलमा प्रदेश प्रमुख अमिक शेरचनले शपथ गराउनुभएको हो । लुम्बिनीमा एमालेले मुख्यमन्त्रीसहित ५ र कांग्रेसले ५ मन्त्रालय पाएका छन् ।

Article Inline 2

मन्त्रीहरुको शपथ लिनेहरुमा नेकपा (एमाले) बाट रुपन्देहीका भूमिश्वर ढकाल, गुल्मीका दिनेश पन्थी, पाल्पाका खेम सारु र दाङका सीता शर्मा रहनुभएको छ । यसैगरी नेपाली कांग्रेसबाट चार जनाले शपथ लिनुएको छ । शपथ लिनेमा गुल्मीबाट धनेन्द्र कार्की, प्युठानका सरोज थापा (रोज राणा), दाङका प्रचण्डविक्रम न्यौपाने, बाँकेका बादशाह कुर्मी हुनुहुन्छ ।

बुधवार बिना विभागीय मन्त्रीको रुपमा शपथ लिएका सबै मन्त्रीलाई भोलि सम्ममा  मन्त्रालयको जिम्मेवारी दिने जनाइएको छ । लुम्बिनीमा एमाले र कांग्रेसका ५६ सांसदको हस्ताक्षरमा सोमबार एमाले लुुम्बिनी प्रदेशका उपनेता चेतनारायण आचार्य मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो ।

८७ सदस्यीय प्रदेश सभामा माओवादीका १०, नेकपा एस, जनमोर्चा र स्वतन्त्रका एक–एक गरी १३ सांसद मात्र विपक्षमा छन् ।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :