चितवनको सौराहामा हनिमुन सिटी बनाउनुपर्ने नेपाली कांग्रेस सांसद धनराज गुरुङको माग

banner 1

 जेठ २१,काठमाडौँ । नेपाली कांग्रेसका सांसद धनराज गुरुङले चितवनको सौराहामा हनिमुन सिटी बनाउन माग गर्नुभएको छ ।

सोमबार प्रतिनिधि सभा बैठकमा आ.व. २०८१/०८२ को राजस्व र व्ययको वार्षिक अनुमान माथिको सामान्य छलफलका क्रममा बोल्नुहुँदै सांसद गुरुङले पर्यटन प्रवर्द्धनका लागि चितवनको सौराहामा हनिमुन सिटी बनाउनुपर्ने बताउनुभएको हो ।उहाँले नवविवाहित जोडीहरू घुम्न जाने सहरको रूपमा हनिमुन सिटी बनाउनुपर्ने उहाँले बताउनुभयो ।

Article Inline 2

त्यस्तै, रारा तालमा एक हजार जोडी अट्ने हनिमुनसिप बनाउनुपर्ने पनि उहाँको भनाइ छ । उहाँले रारालाई पनि हनिमुन मनाउन जाने ठाउँको रूपमा विकास गर्नुपर्ने जिकिर गर्नुभयो । यसो गरेमा पर्यटन प्रवर्द्धनमा सघाउ पुग्ने सांसद गुरुङको भनाइ छ । उहाँले आगामी दिनमा डाँडामा भ्युटावर बनाउनु नहुने पनि बताउनुभयो ।

उहाँले गाँजाबाट औषधीजन्य वस्तुको उत्पादन गरेर निर्यात गर्नसके बाट दुई खर्ब राजस्व उठ्ने बताउनुभयो । त्यस्तै घरेलु मदिराको ब्राण्डिङ गरे दुई खर्ब रुपियाँ, जडीबुटी खेतीबाट दुई खर्ब रुपियाँ र गैरकानुनी कारोबार बन्द गरेमा दुई खर्ब रुपियाँ राजस्व उठ्ने बताउनुभयो ।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :