single head

जनताको शिर नझुक्ने ढङ्गले काम गर्ने प्रतिबद्धता गर्छु – नवनिर्वाचित नेकपा एमाले सासंद सुहाङ नेम्वाङ

single post top 1

 वैशाख १८ ,ईलाम । इलाम-२ को उप-निर्वाचनबाट प्रतिनिधि सभा सदस्यमा विजयी हुनुभएका नेकपा (एमाले)का सुहाङ नेम्वाङलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले प्रमाणपत्र प्रदान गरेको छ। मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले नेम्वाङलाई मङ्गलबार निर्वाचित भएको प्रमाणपत्र प्रदान गर्नुभएको हो।

single p1

आज मतगणनास्थल गौतमबुद्ध सभागृहमा आयोजित एक कार्यक्रममा निर्वाचित नेम्वाङलाई प्रमाणपत्र प्रदान गरिएको हो। कार्यक्रममा पूर्व–उपसभामुख शिवमाया तुम्बाहाङ्फे, प्रतिनिधिसभा सदस्य महेश बस्नेत, प्रदेशसभा सदस्य रामबहादुर राना, प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलगायत जिल्लास्थित सुरक्षा निकायका प्रमुखको उपस्थिति थियो।

single p2

कार्यक्रममा मन्तव्य राख्दै नवनिर्वाचित नेम्वाङले इलाम– २ का सम्पूर्ण मतदातालाई धन्यवाद दिँदै यहाँका जनताको शिर नझुक्ने ढङ्गले आफू प्रतिबद्ध भएर काम गर्ने बताउनुभयो।

‘‘सबैभन्दा पहिला मैले मतदातालाई धन्यवाद दिनुपर्छ। अब जनताको शिर नझुक्ने ढङ्गले काम गर्ने प्रतिबद्धता व्यक्त गर्दछु’’, उहाँले भन्नुभयो।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3