single head

गण्डकी प्रदेश राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको सम्पूर्ण तयारी पूरा

single post top 1

फागुन १०,गैँडाकोट (प्रेम क्षेत्री)। गण्डकी प्रदेश खेलकूद परिषद्को आयोजना तथा जिल्ला खेलकुद विकास समिति नवलपुरको व्यवस्थापनमा हुने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ ।

single p1

गैँडाकोटमा हुने तेक्वान्दो खेलको सम्पूर्ण तयारी पुरा भएको गैँडाकोट नगर खेलकुद विकास समितिका उपाध्यक्ष लक्ष्मण कार्कीले जानकारी दिनुभयो । प्रदेशका ९ वटा जिल्लाका १०८ जना खेलाडीले प्रतियोगितामा सहभागिता जनाउने उहाँले जानकारी दिनुभयो ।

single p2

११, १२ र १३ गते जिल्लाका अन्य पालिकाहरुमा समेत विभिन्न खेलमा प्रतिस्पर्धा हुँदैछ । देवचुली नगरपालिकामा भलिबल र कबड्डी, कावासोती नगरपालिकामा एथ्लेटिक्स र उसु, मध्यविन्दु नगरपालिकामा सितेरियो कराँतेका खेल हुँदैछन् । प्रतियोगिताका लागि प्रदेशका विभिन्न जिल्लाबाट खेलाडी आइसकेका छन् ।

गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव श्रीधर शर्माले नवलपुरको पर्यटन विकासलाई खेल मार्फतबाट अगाडि बढाउन यी प्रतियोगिता नवलपुरमा आयोजना गरिएको बताउनुभयो ।

विद्यालयस्तरबाट नै खेलाडी उत्पादन गर्ने र उनीहरुको प्रतिभालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरसम्म उजागर गर्ने उद्देश्यका साथ स्थानीय, प्रदेश र राष्ट्रिय तहको प्रतियोगिता आयोजना गरिएको हो ।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3