नेकपा (माओवादी केन्द्र)ले चैत्र १ गतेदेखि तराई-मधेस जागरण अभियान सञ्चालन गर्ने

krishi top

फागुन १०, काठमाडौं। सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) ले चैत्र १ गतेदेखि तराई-मधेस जागरण अभियान सञ्चालन गर्ने भएको छ।

बिहीबार पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा बसेको पार्टीको स्थायी कमिटी बैठकले सो निर्णय गरेको हो। बैठकले अभियानको वर्गीकरण र मूल्यांकन, आउँदो अभियानको तयारी, संगठनात्मक कार्यविभाजन, विभिन्न विभागबारे सुदूरपश्चिममा दलको नेताबारे एजेण्डामा छलफल भएको पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो।

Article Inline 2

उहाँले बैठकमा माओवादी विशेष रुपान्तरण अभियानका क्रममा धेरै खट्नेलाई सम्मानपत्र दिने र काम नगर्नेलाई कारबाही गर्ने निर्णय भएको बताउनुभयो। उहाँले धेरै राम्रो काम गर्ने र काम नगर्नेको नाम शुक्रबारको बैठकपछि सार्वजनिक गर्ने बताउनुभयो। उहाँले चैत्रपछि तीन वटा अभियान चलाउने जानकारी गराउनुभयो।

उहाँले भन्नुभयो, ‘‘तीन वटा अभियान चलाउँछौँ। तराई मधेस जागरण अभियान, झापाबाट उद्घाटन हुन्छ, चैत्र १ गते। अर्को उत्तर दक्षिण अभियान चल्छ। प्रदेशले आफ्नै तरिकाले वृहंगम जनपरिचालन गर्नेगरी प्रदेशकै योजना कार्यक्रम सञ्चालन हुनेछन्।’’ प्रवक्ता सापकोटाले गठबन्धनबारे नेपाली काँग्रेसको भुमिकालाई महत्त्वपूर्ण रुपमा लिएको बताउनुभयो।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :